हुम्लादेखि बिरामी बोकेर काठमाडौँ उडेको प्रभु हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

हुम्लादेखि बिरामी बोकेर काठमाडौँ उडेको प्रभु हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

शनिवार, असार २१ २०८२
शनिवार, असार २१ २०८२
  • images
    images
    हुम्लादेखि बिरामी बोकेर काठमाडौँ उडेको प्रभु हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण
    images
    images

    सुर्खेत / हुम्लाबाट बिरामी बोकेर काठमाडौका लागि उडेको प्रभु हेलिकप्टर  दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको छ । एनजि–एएनएल कल साइनको हेलिकप्टर खराव मौषमका कारण दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

    हुम्लाको हिल्साबाट विरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर  बाक्लो कुहिरोका कारण अगाडिको बाटो देख्न नसकेपछि आकस्मिक अवतरण गरिएको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले बताए  ।

    दिउँसो २ः३० दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको हेलिकप्टरमा टाउकोमा चोट लागेको विरामी र चालक दलका दुई जनासहित पाँच जना यात्रु थिए । मौसम खुलेपछि हेलिकप्टर साँझ ५ बजे सुर्खेत विमानस्थलमा अवतरण गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com