उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु, तीन जना घाइते

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु, तीन जना घाइते

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • images
    images
    उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु,  तीन जना घाइते
    images
    images

    बेइजिङ / उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ ।

    राजधानी बेइजिङबाट करिब पाँच सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लियाओयाङ सहरमा आगलागी भएको हो । 

    “अप्रिल २९ को दिउँसो १२ः२५ बजे (०४२५ जिएमटी)मा एउटा रेस्टुरेन्टमा आगलागी भएको थियो”, सिसिटिभीले भन्यो, “दिउँसो २ बजेसम्म यस घटनामा २२ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् ।”

    राष्ट्रपति सी जिनपिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरू ‘अत्यन्त गम्भीर’ भएको बताएको सिसिटिभीले जनाएको छ।

    उनले ‘घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टि व्यवस्था गर्न र उनीहरूका परिवारलाई सहयोग प्रदान गर्न, आगलागीको कारण द्रुत रूपमा निर्धारण गर्न तथा कानुनअनुसार जवाफदेहिता खोज्न’ आह्वान गरेका छन्। 

    अनलाइनमा सेयर गरिएको र एएफपीद्वारा प्रमाणित गरिएको फुटेजमा दुई तले रेस्टुरेन्टमा भीषण आगो लागेको र बाक्लो कालो धुवाँ आकाशतिर उडिरहेको देखाइएको छ।

    चीनको टिकटकको संस्करण डुयिनमा प्रकाशित अन्य प्रमाणित भिडियोहरूमा प्यारामेडिकहरूले एक पीडितलाई स्ट्रेचरमा एम्बुलेन्समा चढाइरहेको र धेरै अग्नि नियन्त्रकहरू पाइपहरूको सहायताले आगो निभाउँदै गरेको देखाइएको छ ।

    घातक आगलागीहरू चीनमा फितलो भवन संहिता र कार्यस्थल सुरक्षाप्रति अक्सर लापरवाही दृष्टिकोणका कारण अपेक्षाकृत सामान्य छन् ।
    यसै महिना उत्तरी चीनको हेबेई प्रान्तमा रहेको एक वृद्धाश्रममा भएको आगलागीमा २० जनाको मृत्यु भएको थियो ।

    जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।

    त्यसको एक महिनाअघि पूर्वीचीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com