बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरू किन भेला भए ?

बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरू किन भेला भए ?

सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • images
    images
    बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरू किन भेला भए ?
    images
    images

    जनकपुर / महोत्तरीको बर्दिबासमा सोमबारदेखि ‘संघीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम सुरू भएको छ ।

    मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले आ–आफ्ना प्रदेशका विकास अभ्यास, सम्भावना र चुनौतीहरू साटासाट गर्दै आपसी सहकार्यका उपायमा छलफल गरिरहेका छन् ।

    कार्यक्रमको उदघाटन भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा गरेका थिए ।

    कार्यक्रममा मन्त्रालयका सचिवहरूले आ-आफ्ना प्रदेशका योजना तथा कार्यक्रमहरूको दस्तावेज प्रस्तुत गरेका छन् ।

    मन्त्रीहरूले कार्यक्रमले प्रदेशहरूबीच सहकार्यलाई मजबुत बनाउने र भौतिक पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com