आन्दोलनको २५औँ दिनमा कसरी भयो शिक्षक आन्दोलनमा झडप ? १५ जनाबढी शिक्षकहरू घाइते

आन्दोलनको २५औँ दिनमा कसरी भयो शिक्षक आन्दोलनमा झडप ? १५ जनाबढी शिक्षकहरू घाइते

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • images
    images
    आन्दोलनको २५औँ दिनमा कसरी भयो शिक्षक आन्दोलनमा झडप ? १५ जनाबढी शिक्षकहरू घाइते
    images
    images

    काठमाडौँ  / आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

    शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो ।

    बानेश्वरमा शिक्षक र प्रहरीबीच झडपमा प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो । शिक्षक महासंघका अनुसार उक्त  झडपमा १५ जना बढी शिक्षक घाइते भएका छन् । 

    शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरूले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com