मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो : प्रधानमन्त्री ओली

मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो : प्रधानमन्त्री ओली

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • images
    images
    मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिएका छन् । 

    आइतबार शुभकामना सन्देश दिँदै उनले आफू चार वर्षको नहुँदै आमाको न्यानो काख गुमाएको भन्दै आफ्ना लागि जन्मभूमि नै आमाको प्रतिरूप बनेको बताए । 

    उनले लेखेका छन, ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ । 

    मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो। आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन । आमाको मुहार धमिलो सम्झनामा आइरहेछ । यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु ।आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ । सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस् । शुभकामना !’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com