माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबिच सम्झौता, विदेशबाट रेमिट्यान्स पठाउन सहज

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबिच सम्झौता, विदेशबाट रेमिट्यान्स पठाउन सहज

शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • images
    images
    माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबिच सम्झौता, विदेशबाट रेमिट्यान्स पठाउन सहज
    images
    images

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ ।  विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ बैंकले उक्त कम्पनीसँग सम्झौता गरेको हो । 

    माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग सहकार्य गरि विधिवत रूपमा रेमिटेन्स सेवा सुरुवात गरेको हो । 

    बैंकले बैशाख ११ गते बिहीबार कुवेतस्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेन्जसँग औपचारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

    माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन के.सीको उपस्थितिमा सम्पन्न उक्त औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेतस्थित अल मुजैनि एक्चेन्जका महाप्रवन्धक Mr. Hugh Fernandes ले सम्झौता एकआपसमा हस्तान्तरण गरेका थिए । 

    कुवेतस्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणाको प्रमुख आतिथ्तामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, लगायत गैर आवासिय संघका प्रतिनिधिहरू, कुवेतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरू एवं पत्रकार लगायत कुवेतमा कार्यरत थुप्रै नेपालीहरूको पनि उपस्थिति थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com