आज विक्रम संवत २०८२ साल बैशाख ११ गते, बिहीबार तदनुसार ईश्वी सन् २०२५ अप्रिल २४ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, बैशाख कृष्णपक्ष, तिथी एकादशी, बिहान १० बजेर २३ मिनेट उप्रान्त द्वादशी, शतभिषा नक्षत्र, आनन्दादिमा–वज्र योग, चन्द्रराशि–कुम्भ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय अत्यन्त लाभदायक देखिन्छ। व्यापारमा नयाँ लगानीले फाइदा पुग्नेछ भने पहिलेका कामबाट राम्रो आम्दानी हुने संकेत छन्। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् र उठ्नुपर्ने रकम पनि प्राप्त हुनेछ। कृषि, पशुपालन र व्यवसायमा विशेष फाइदा मिल्नेछ। छोटो समयमा नै राम्रै उपलब्धि हासिल हुनेछ। भौतिक सम्पत्ति तथा साधनमा वृद्धि हुनेछ। सहयोगीहरूको साथले आर्थिक गतिविधिमा टेवा पुग्नेछ। व्यापारमा फड्को मार्ने राम्रो सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय फलदायी रहनेछ। व्यापार र व्यवसाय फस्टाउँदै जाने संकेत छन्, विशेषगरी कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन हुने सम्भावना छ। आयका नयाँ स्रोतहरू विस्तार हुनेछन्, कानुनी पक्ष बलियो रहेकाले सम्पत्ति सम्बन्धी फाइदा मिल्नेछ। प्रयत्न गरेमा महत्त्वपूर्ण आर्थिक वस्तु प्राप्त हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ हुने समय हो। कामप्रति उत्साह बढ्नेछ र सहयोगीहरूको हौसला आर्थिक सफलता प्राप्त गर्न सहयोगी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यो समय संयम हुने र प्रयास गर्ने समय हो । सानो लगानीबाट पनि राम्रो आम्दानी हुने सम्भावना छ, तर त्यसका लागि समय र परिस्थितिसँगै अगाडि बढ्नुपर्ला । अतिरिक्त आम्दानीका लागि थप काम गर्नुपर्ने हुनसक्छ। काम दोहोर्याउनु परे पनि बौद्धिक क्षमताले अवसरहरू सिर्जना गर्न सकिनेछ। विलासी वस्तु र उत्तम सामग्री प्राप्त हुने सम्भावना रहे पनि उपलब्धि प्राप्त गर्न श्रम धेरै गर्नुपर्ने समय हो। कर्मशीलता र लगनशीलता नै आर्थिक सफलताको आधार बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक दृष्टिले केही चुनौतीपूर्ण समय रहेको देखिन्छ। हतारमा गरिएका निर्णयहरूले नोक्सान पुर्याउन सक्छन्, त्यसैले लगानी वा खर्च गर्दा विशेष सतर्कता आवश्यक छ। काम समयमा नसकिने र अरुको कारणले पनि बाधा आउने सम्भावना छ, जसले आम्दानीमा असर पार्न सक्छ। गोपनीयता बाहिरिनाले व्यापारिक रणनीतिमा हानि हुनसक्छ। व्यावसायिक क्षेत्रमा अनुभवी व्यक्तिको सुझावको कदर गर्नु बुद्धिमानी हुनेछ। न्यून उपलब्धिमा पनि धैर्य राख्दै अगाडि बढ्नुपर्छ, किनभने सहयोगीहरूको साथले समयक्रममा सुधार ल्याउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक पक्ष बलियो देखिन्छ। व्यापारबाट मनग्गे नाफा कमाउने मौका छ भने छोटो समयमा फाइदा उठाउन सकिनेछ। भौतिक साधन जुट्ने भएकाले आम्दानी बढाउने नयाँ काम सुरु गर्न सकिनेछ। सम्पत्ति सम्बन्धी विवाद सुल्झिनाले आर्थिक अवस्था थप सबल बन्नेछ। रमाइलो यात्रामा खर्च भए पनि सुखसुविधा र सन्तुष्टिको अनुभव हुनेछ। मित्र तथा शुभचिन्तकहरूको सहयोगले कठिन समयमा राहत मिल्नेछ। विशेष उपहार वा लाभदायक वस्तु प्राप्त हुने सम्भावना पनि छ। धन खर्च भए पनि त्यसको सकारात्मक प्रभाव आम्दानीमा देखिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्साहजनक देखिन्छ। विद्या र बुद्धिको प्रयोगबाट आम्दानीका स्रोतहरू बढ्नेछन् भने व्यापार विस्तारले मनग्गे आर्थिक लाभ दिलाउनेछ। पुराना ऋण तिर्न सकिनेछ, जसले आर्थिक दबाब हटाउनेछ। नयाँ जागिर वा अवसरहरूबाट स्थायी आम्दानीको बाटो खुल्नेछ। उच्च अधिकारीहरूको साथले पेशागत सफलता मिल्नेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा जितले प्रतिष्ठा मात्र होइन, आर्थिक लाभ पनि दिलाउनेछ। दिगो फाइदा हुने कामहरूमा लगानी गर्न सकिनेछ। कर्मयोगको बाटो समाउँदै भविष्यमा आर्थिक स्थायित्वको जग बसाउने राम्रो समय हो।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय मिश्रित रहनेछ । यद्यपि, अवसरको सही उपयोग गर्न सकिएमा मनग्गे धन र सम्पत्ति संग्रह सम्भव छ। लामो समयदेखि रोकिएको आर्थिक काम बन्नेछ, र मित्रहरूको सहयोगले ठूला कामहरू सफलतापूर्वक सम्पन्न हुन सक्छन्। भौतिक सम्पत्ति र विलासी वस्तुको उपभोगले आत्मसन्तुष्टि मिल्नेछ। सवारी साधनमा खर्च बढ्ने देखिए पनि त्यसले सुविधा वृद्धि गर्नेछ। यद्यपि केही काममा ढिलाइ र दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ, त्यसैले योजना गोप्य राखेर धैर्यपूर्वक अघि बढ्नुपर्छ। संघर्ष र स्थायित्वको बीचमा सन्तुलन मिलाउँदै वित्तीय लक्ष्यतर्फ बढ्नुपर्ने समय हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक क्षेत्रमा केही उतारचढाव रहनेछ। घरायसी समस्याले खर्च बढ्न सक्छ र आम्दानीको अपेक्षित प्रवाहमा अवरोध आउन सक्छ। सवारी साधन तथा जग्गाजमिनसम्बन्धी कार्यबाट लाभ मिल्नेछ, जसले केही राहत दिलाउन सक्छ। व्यापार व्यवसायमा भने सोचेजस्तो लाभ प्राप्त हुने संकेत छन्, तर हतारको निर्णयले घाटा पुर्याउन सक्छ, त्यसैले सतर्कता आवश्यक छ। अरुको फाइदाका लागि उपयोग हुने परिस्थिति हुनसक्ने भएकाले सीमाना तोकी कार्य गर्नु उपयुक्त हुनेछ। समयमै काम पूरा गर्न कठिनाइ भए पनि संयमित भएर अघि बढेमा आर्थिक स्थायित्वतर्फ सुधार सम्भव छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक क्षेत्रमा यो समय लाभदायक रहेको छ। सानो कामबाट पनि ठूलो लाभ लिन सकिनेछ, र बुद्धिको प्रयोगले धन र भौतिक सम्पत्ति सँगै सामाजिक र आर्थिक स्थिति सुदृढ गर्न मद्दत गर्नेछ। नयाँ कामका प्रस्ताव र सहयोगीहरूको साथले काम समयमै पूरा हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ, र प्रतिस्पर्धीहरू पछि हट्नेछन्। मेहनत र पुरुषार्थले नाम, दाम र इनाम ल्याउनेछ। शत्रुहरू परास्त हुनेछन्, र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति सुनिश्चित हुनेछ। जीवनशैलीमा सुधार र कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा लगानी बढाएर आम्दानी बढाउन सकिनेछ । पारिवारिक धन र खनिज पदार्थहरूको प्रयोगले लाभ मिल्नेछ । बोलीको प्रभावले कामहरू सजिलै सम्पन्न हुनेछन्। योजना अनुसार अघि बढ्दा राम्रो लाभ प्राप्त हुनेछ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारीहरू पाउने संकेत छ । मानसम्मान बढाउनेछ। संगीत र कलाको क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। हिसाबकिताबमा सजग रहनु पर्नेछ । नियमित काम सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक र सामाजिक दृष्टिले समय लाभकारी रहेको छ। व्यापार व्यवसायबाट स्थिर आम्दानी मिल्नेछ, जसले आर्थिक स्थिति सुदृढ पार्नेछ। नाम र दाम कमाउने अवसर प्रदान गर्नेछन्। कार्यक्षेत्रमा वाक्चातुर्य र कार्यकुशलताले कार्यहरू सुल्झिनेछन् र प्रतिष्ठित अवसर मिल्नेछन्। मिहिनेतले मानसम्मान र प्रशंसा दिलाउनेछ। पहिलेका कमजोरीहरू सुधार्ने अवसर प्राप्त हुनेछ । सानो प्रयासले ठूलो सफलता दिलाउने समय रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक क्षेत्रमा सचेत रहनुपर्ने देखिन्छ। आर्थिक कारोबार गर्दा सचेत हुनुहोस्। वैदेशिक रोजगारमा रहने र विदेशमा व्यापार गर्नेहरूको लागि समय फलदायी रहनेछ। विदेशी सामानको व्यापार फस्टाउनेछ। यद्यपि, खर्चले चिन्ता बढाउन सक्छ र अरुका विषयमा चासो लिँदा झमेला आउन सक्छ। लेनदेनमा कुरा नमिल्दा वादविवाद हुने सम्भावना पनि छ। कर्जा र उधारोमा सजग रहनुहोस्। व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ ।