प्रधानमन्त्री ओली र फुटबल खेलाडी कार्लाेसबीच भेटघाट

प्रधानमन्त्री ओली र फुटबल खेलाडी कार्लाेसबीच भेटघाट

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • images
    images
    प्रधानमन्त्री ओली र फुटबल खेलाडी कार्लाेसबीच भेटघाट
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरूबीच भेट भएको हो । विश्वविजेता कार्लाेस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन् । 

    प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरूलाई उत्साह मिल्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एक अर्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।

    प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई माउन्टेन फ्ल्याइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लाेसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com