अहिलेको सरकार भष्ट्राचारीको रक्षा गर्न जन्मिएको हो : प्रचण्ड

अहिलेको सरकार भष्ट्राचारीको रक्षा गर्न जन्मिएको हो : प्रचण्ड

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • images
    images
    अहिलेको सरकार भष्ट्राचारीको रक्षा गर्न जन्मिएको हो : प्रचण्ड
    images
    images

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको  अवसरमा बोल्दै उनले केपी ओली नेतृत्वको सरकारको जन्म नै भष्ट्राचारीको रक्षा गर्न  भएको  बताएका हुन् ।  

    उनले भने, ‘अहिले देशमा राजनीतिक जस्तो स्थिति बनेको छ त्यस्तै चूनौतिपूर्ण स्थिति बनेको छ । अहिलेको सरकार खासगरी केपी ओली नेतृत्वको जो  सरकार  छ यसको जन्म नै अप्राकृतिक छ । अलोकतान्त्रिक छ , अपार्दर्शी  छ , असंवैधानिक छ । यसले  गर्ने भनेको  भष्ट्राचारीको रक्षा हो । यो सकार अब एक दिनमा पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसकेको छ, हजारौँ र लाखौँ शिक्षक सडकमा छन् । ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएन । यो भन्दा लाजमर्दो कुरा के हुन्छ । लाखौँ शिक्षक र देशभरीका विद्यालयहरू सङ्कटमा छन् ।’ 

    साथै उनले सरकार शिक्षकका माग सम्बोधन गर्न लाग्नुको साटो उनीहरूलाई अपमानित गर्न लागेको बताए  । उनले सरकारले शिक्षकहरूलाई अपमानित गर्ने काम छोडेर गम्भीररूपमा संवाद गर्न समेत सरकारलाई सुझाव दिए ।

    उनले भने, ‘सरकारले आम शिक्षकहरूलाई अपमानित गर्ने काम छोडेर तुरून्तै गम्भीर ढंगले वार्ता, संवाद गरेर हल गर्न कोसिस गरोस्, शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो । मैले धेरै मेहनत गरेर त्यो विद्येयक संसदमा पु-याएको छु । उपसमितिमा छलफल छ । त्यसलाई छलफल गरेर टुंग्याउनेबारे शिक्षकहरूसँग किन कुरा गरिँदैन ? किन शिक्षकहरूलाई अपमानित गरिन्छ ?’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com