एमालेमै पसेर अघाएका किर्नाजस्ता टुम्मटुम्म भएकाहरू, सिध्याउँछु भन्नेहरूकै अगाडि लोकप्रिय भइयो : अध्यक्ष ओली

एमालेमै पसेर अघाएका किर्नाजस्ता टुम्मटुम्म भएकाहरू, सिध्याउँछु भन्नेहरूकै अगाडि लोकप्रिय भइयो : अध्यक्ष ओली

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • images
    images
    एमालेमै पसेर अघाएका किर्नाजस्ता टुम्मटुम्म भएकाहरू, सिध्याउँछु भन्नेहरूकै अगाडि लोकप्रिय भइयो : अध्यक्ष ओली
    images
    images

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई यत्रो आक्रमण, बदनाम गर्न खोज्नेहरूकै बीचमा पनि पार्टी टिकेको बताएका छन् । 

    नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सिध्याउँछु भन्नेहरूकै अगाडि अहिले पनि एमाले देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा स्थापित भएको बताएका हुन् ।

    उनले भने, ‘दुई तिहाईमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं एमालेलाई भनेर, एमालेमै पसेर अघाएका किर्नाजस्ता टुम्मटुम्म भएकाहरू एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भन्दै हिँडे । यत्रो आक्रमण, यतिधेरै बदनाम गर्न खोज्दा पनि हामी टिकेका छौं । जनताका बीचमा गएका छौं ।  जनताको विश्वास जितेका छौं  । अहिले पनि नेकपा एमाले  देशको सबैभन्दा लोकप्रिय पार्टीको  रूपमा स्थापित छ । सिध्याउँछु भने पनि सबैभन्दा लोकप्रिय पार्टीको रूपमा अहिले पनि अगाडि छौं । सिध्याउँछु  भन्दैमा नेकपा एमाले  सिद्धिन्नेवाला छैन  । पार्टीको महान उद्देश्यप्रतिको लिडरसिपको धैर्यता, पार्टी पङ्तिको दृढताको कारणले एमाले सिधिँदैन ।’

    साथै उनले कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन नदिने षड्यन्त्र भइरहेको बताए । उनले पार्टी भित्रबाटै विरोधीलाई सहयोग पुग्नेगरी बोल्ने गरेको भन्दै आपत्ति जनाए । 

    उनले भने, ‘विरोधीहरूले खुब संगठित ढंगले घेराबन्दी र हमला गर्छन् । हाम्रै साथीहरूले पनि कताकता यतिकै विरोध भएको छ त भन्ने कताकता भ्रममा सामेल हुनेगरी बोल्ने गरेको पाइएको छ । गाली खानका लागि कुनै गल्ती गर्नुपर्दैन भन्ने उदाहरण गल्ती गर्नेहरूले, अपराधीहरूले समाज बिगार्नेहरूले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्वहरूले राम्रो काम गर्नेहरूलाई नै सबैभन्दा चर्को गरी घेराबन्दी गर्ने काम गरिरहेका छन् । यसमा विभिन्न प्रकारका तत्वहरू सामेल भइरहेका छन् ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com