राजीनामा दिएकै दिन विद्या भट्टराईले छोडिन् मन्त्री क्वार्टर

राजीनामा दिएकै दिन विद्या भट्टराईले छोडिन् मन्त्री क्वार्टर

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • images
    images
    राजीनामा दिएकै दिन विद्या भट्टराईले छोडिन् मन्त्री क्वार्टर
    images
    images

    काठमाडौँ / विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकै दिन मन्त्री क्वार्टर पनि छोडेकी छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएकी भट्टराईले लगत्तै भैंसेपाटीस्थित मन्त्री क्वार्टर छाडेर निजी निवासमा गएकी हुन् । 

    प्रधानमन्त्री ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन् । राजीनामा आउनुअघि प्रधानमन्त्री ओली र मन्त्री भट्टराईबिच छलफल भएको थियो । 

    विगतदेखि नै प्रधानमन्त्री टसलमा रहेकी शिक्षामन्त्रीले शिक्षकहरूको आन्दोलन र उनीहरूका माग मुद्दा सम्बोधन गराउन नसकेपछि गत असार ३१ मा शिक्षा मन्त्रीमा नियुक्त भएकी भट्टराई राजीनामा दिन बाध्य भएकी हुन् । 

    चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूले काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेका बेला मन्त्री भट्टराईको राजीनामा आएको हो । उनले शिक्षा ऐन पारित नभए राजीनामा दिने बताएकी थिइन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com