मङ्गलबारको राशिफल : आजको दिन कस-कसको लागि फाइदाजक होला ?

मङ्गलबारको राशिफल : आजको दिन कस-कसको लागि फाइदाजक होला ?

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • images
    images
    मङ्गलबारको राशिफल : आजको दिन कस-कसको लागि फाइदाजक होला ?
    images
    images

    आज विक्रम संवत २०८२ साल वैशाख ९ गते, मंगलबार तदनुसार ईश्वी सन् २०२५, अप्रिल २२ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख कृष्णपक्ष, नवमी तिथी, दिउँसो १ बजेर १७ मिनेट उप्रान्त दशमी, श्रवण नक्षत्र, आनन्दादिमा–लुम्ब योग, चन्द्रराशि–मकर।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज सरकारी वा पैत्रिक सम्पत्तिको सदुपयोगमार्फत रोजगारी सिर्जना र लाभ उठाउन सकिनेछ। बौद्धिक क्षमता र आत्मविश्वास बढ्नेछ। वित्तीय क्षेत्रमा सुझबुझसाथ लगानी गर्नु लाभदायक हुनेछ। पुराना हिसाबकिताबले विवाद निम्त्याउन सक्छन्, तर संघर्षपछि लाभ मिल्ने सङ्केत छ। मिहिनेतले दैनिकी सहज बनाउनेछ र कर्मक्षेत्रमा फाइदा हुनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आजको दिन आर्थिक दृष्टिले अत्यन्त शुभ रहनेछ। थोरै लगानीबाट पनि राम्रो आम्दानी हुने सम्भावना छ। शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गर्दा लाभ मिल्नेछ। व्यापारमा नयाँ लगानीले फाइदा पुर्‍याउनेछ। नौकरीपेशा व्यक्तिलाई सहयोग प्राप्त हुनेछ। मिहिनेतले विशेष उपलब्धि दिलाउनेछ भने दिगो आम्दानी हुने कार्यको सुरुवात हुन सक्छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आजको दिन आर्थिक दृष्टिले सावधानी अपनाउनु पर्नेछ। व्यापार व्यवसायमा ध्यान दिन नसक्दा आम्दानी घट्न सक्छ। नयाँ योजना सुरु गर्न उपयुक्त समय होइन, साइत कुर्नु बुद्धिमानी हुनेछ। सम्पत्ति तथा सवारी प्रयोग गर्दा सतर्क रहनुहोला। बेसुरको निर्णयले घाटा निम्त्याउन सक्छ। कार्यक्षेत्रमा धोका सम्भावना छ, सोचेर कदम चाल्नु उपयुक्त हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजको दिन आर्थिक पक्ष सशक्त रहनेछ। उद्योग, व्यापार, कृषि वा पशुपालनमा लगानीका अवसर मिल्नेछन्। भौतिक सम्पत्ति र विलासी वस्तुको प्रयोगले प्रभाव जमाउन सकिनेछ। बहुमूल्य धातु संग्रहको समय अनुकूल छ। शुभचिन्तक र आफन्तको सहयोगले लाभदायक काम सम्पन्न हुनेछन्। यद्यपि, अनावश्यक खर्च र आतिथ्य खर्च बढ्न सक्छ, सतर्कता आवश्यक छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज बन्द व्यापारबाट लाभ मिल्नेछ र नयाँ उद्योगमा लगानीको अवसर आउनेछ। नोकरी वा पेशामा रोकिएका कामहरू अघि बढ्ने संकेत छन्। मुद्दा मामिलामा सफलता मिल्न सक्छ। आर्थिक दृष्टिले आंशिक फाइदा हुनेछ। तर, स्वास्थ्य कमजोर बन्न सक्ने भएकाले सावधानी अपनाउनुहोला। गोपनीयता सुरक्षित राख्नुहोस्, नत्र अवसरवादीले फाइदा उठाउन सक्छन्। श्रम गरेपछि मात्र राम्रो परिणाम पाइनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आजको दिन आर्थिक रूपमा शुभ रहनेछ। शिक्षा तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रै आम्दानी हुनेछ। व्यापार फस्टाउनेछ र नोकरीमा बढुवाको सम्भावना छ। स्कुल, कलेज, बैंकजस्ता क्षेत्रबाट लाभ मिल्नेछ। नियमित कार्यशैलीमा सुधारले कर्मक्षेत्रमा उत्साह बढ्नेछ। यद्यपि, काममा ढिलाइ र चुनौती आउन सक्छन्, लगनशीलता आवश्यक छ। खानपानमा ध्यान दिनुहोस्।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ। आत्मबल र साहसले केही नयाँ अवसर प्राप्त गर्न सकिनेछ। तर, व्यापारमा लगानी गर्दा प्रतिफलका लागि संघर्ष गर्नुपर्नेछ। प्रक्रियागत त्रुटिले काम दोहोर्याउनुपर्ने सम्भावना छ, सतर्कता आवश्यक छ। हिस्सेदारसँग असमझदारीले आर्थिक निर्णय प्रभावित हुन सक्छ। अनावश्यक सम्बन्धहरूबाट टाढा रहनु उपयुक्त हुनेछ। लेखन, साहित्य र सिर्जनात्मक काममा प्रगति हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज सानो प्रयासबाटै राम्रो आर्थिक लाभ उठाउन सकिनेछ। बुद्धिको सही प्रयोगले धन तथा भौतिक सम्पत्तिमा वृद्धि हुनेछ। पढाइमा प्रगति हुनेछ र पुराना कामबाट शुभ समाचार मिल्ने सम्भावना छ। तर, व्यापारमा नयाँ लगानी गर्नुअघि समयको प्रतीक्षा गर्नु उचित हुनेछ। मिहिनेतको लाभ अरूले उठाउने प्रयास गर्न सक्छन्, त्यसैले सजग रहनुहोस्। सेवामूलक क्षेत्रमा लाभदायक अवसर देखिन्छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आज व्यापार व्यवसायमा नाफा कमाउने राम्रो अवसर रहनेछ। वित्तीय क्षेत्रमा गरिएको लगानी लाभदायक हुनेछ। थोरै समय दिए पनि अध्ययन–अध्यापनबाट सकारात्मक परिणाम हात पर्न सक्छ। सामाजिक प्रतिष्ठा बढ्नेछ र पिताको सहयोग पाइनेछ। तर, बोलीको गलत अर्थ लाग्नाले वादविवादमा पर्न सक्ने सम्भावना छ, त्यसैले विचारपूर्वक बोल्नुहोला। मिहिनेतले लक्ष्यतर्फ अघि बढ्न सकिनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आज व्यापार, शेयर बजार, र उद्योगमा लगानीबाट राम्रो आर्थिक परिणाम मिल्नेछ। तपाईंलाई उपहार र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पारिवारिक जमघटमा रमाइलो समय बित्नेछ, र पढाइ लेखाइमा पनि प्रगति हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ र नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंको रचनात्मक काममा सफलता पाइनेछ। सहयोगीहरूको साथले काम सजिलै सम्पन्न हुनेछ र प्रतिष्ठा बढ्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आजको दिन केही चुनौतीपूर्ण रहन सक्छ। आफन्त र अग्रजसँग विवादको सम्भावना छ, र गैर न्यायिक कामबाट बच्नुहोस्, दण्ड र जरिवाना पर्न सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ, त्यसैले खानपानमा विशेष ध्यान दिनुहोला। माया प्रेममा धोका र पढाइमा मन नजाँदा पछाडि पर्ने सम्भावना छ। विदेशी सामानको व्यापार बढ्नेछ र विदेश यात्रा गर्नुपर्ने सम्भावना छ। विश्वासघात र आर्थिक दबाब पनि सामना गर्न सकिन्छ, त्यसैले सतर्क रहनुहोस्।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    नयाँ कामबाट आम्दानीका स्रोत बढ्नेछन्। खनिज पदार्थको प्रयोग र व्यापारमा लगानी गर्दा यथेष्ट धन आर्जन हुनेछ। नयाँ सवारी साधन र भौतिक सम्पत्तिका लागि अवसर आउनेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान बनाउने सम्भावना छ। कृषि, पशुपालन र व्यापारमा मनग्गे लाभ हुनेछ। मिहिनेतको उचित मूल्याङ्कनले आम्दानी बढाउनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com