एमएडब्लू वृद्धिले मनायो १००+ इभी चार्जिङ स्टेशनको ऐतिहासिक उपलब्धि

एमएडब्लू वृद्धिले मनायो १००+ इभी चार्जिङ स्टेशनको ऐतिहासिक उपलब्धि

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • एमएडब्लू वृद्धिले मनायो १००+ इभी चार्जिङ स्टेशनको ऐतिहासिक उपलब्धि

    काठमाडौं / नेपालको विद्युतीय सवारी साधन (इभी) पूर्वाधार विकासमा अग्रणी एमएडब्लू वृद्धिले देशभर १०० भन्दा बढी इभी चार्जिङ स्टेशन सञ्चालनमा ल्याउँदै एउटा ऐतिहासिक कोशेढुङ्गा पार गरेको छ। यस उपलब्धिलाई स्मरणीय बनाउन कम्पनीले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्‍यो, जहाँ उद्योगका अगुवा, साझेदारहरू र इभी प्रयोगकर्ताहरूको उपस्थिति रहेको थियो।

    images
    images

    कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त र वृद्धि अटोकर्पका सीईओ रूपेश शर्मा भट्ट लगायतका विशिष्ट अतिथिहरूले इभी क्षेत्रप्रति कम्पनीको प्रतिबद्धता पुनः दोहोर्‍याए। केक काटेर गरिएको उत्सवले वातावरणलाई थप रमाइलो बनायो।

    कम्पनीले घोषणा गरेको अनुसार, देशभर काठमाडौं, पोखरा, विराटनगर, चितवन जस्ता मुख्य सहरदेखि मुस्ताङ, डोटी, टीकापुर, डडेलधुरा लगायत दुर्गम क्षेत्रसम्म १००+ स्थानहरूमा सीसीएस २ टाइपका ४० किलावट र ६० किलावट क्षमता भएका डीसि फास्ट चार्जरहरू जडान भइसकेका छन्। यसले इभी चालकहरूलाई तीव्र, सहज र भरपर्दो यात्राको अनुभूति गराउने कम्पनीको दाबी छ।

    कार्यक्रममा बोल्दै सीईओ तुषार गुप्ताले भने, "यो केवल एक संख्या होइन; यो नेपालको हरित भविष्यप्रतिको हाम्रो गहिरो प्रतिबद्धता हो। अझ व्यापक नेटवर्कमार्फत हामी नेपालीहरूलाई विद्युतीय सवारी यात्रामा सजिलो बनाइरहेका छौं।"

    यस घोषणाले एमएडब्लू वृद्धिको देशव्यापी इभी पूर्वाधार विस्तार योजनालाई थप पुष्टि गर्छ। कम्पनीले आगामी दिनहरूमा अझ धेरै स्थानमा चार्जिङ स्टेशन विस्तार गर्दै, विद्युतीय सवारी प्रयोगलाई थप व्यवहारिक र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय