मुक्तिनाथ विकास बैंकको खुद नाफा ७२ करोड ४८ लाख, वितरणयोग्य मुनाफा कति ?

मुक्तिनाथ विकास बैंकको खुद नाफा ७२ करोड ४८ लाख, वितरणयोग्य मुनाफा कति ?

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • मुक्तिनाथ विकास बैंकको खुद नाफा ७२ करोड ४८ लाख, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत्र मसान्तसम्म)मा ७२ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकले ८७ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    images
    images

    यस वर्ष नाफा केही घटेको भए पनि बैङ्कको कर्जा प्रवाह र वित्तीय आधार सुदृढ देखिन्छ।

    बैंकको नाफा गत बर्षको तुलनामा १६.८६ प्रतिशतले घटेको हो । 

    बैंकले यस अवधिमा ९६ अर्ब ३ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ९१ अर्ब ९० करोड ७३ लाख रुपैयाँ थियो। त्यस्तै, बैंकको ग्राहक निक्षेप सङ्कलन १ खर्ब ९ अर्ब ७५  करोड ८८ लाख रुपैयाँ पुगेको छ।

    त्यस्तै, खुद ब्याज आम्दानी ३ अर्ब ३८ करोड ५८ लाख रुपैयाँबाट बढेर ३ अर्ब १३ करोड ३ लाख रुपैयाँ पुगेको छ । नेट फि तथा कमिसन आम्दानी ३४ करोड ७५ लाख ७४ हजार रुपैयाँ, कुल सञ्चालन खर्च ३ अर्ब ५२ करोड २९ लाख रुपैयाँ कायम छ ।     

    यसैगरी, गत बर्ष चैत्र मसान्तसम्म १ अर्ब २६ करोड २४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले समीक्षा अवधिमा यस्तो नाफा १ अर्ब घ करोड ५२ लाख रुपैयाँ कायम छ । 

    बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ भने रेन्टेड अर्निङ ६१ करोड ९५ लाख र रिजर्भ ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ रहेको छ । 

    चालु आर्थिक वर्ष २०८१/८२ चैत्र मसान्तसम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको वितरणययोग्य मुनाफा ६१ करोड ९५ लाख रुपैयाँ रहेको छ । जसका आधारमा बैंकले ८.७९ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता देखिन्छ । 

    असार मसान्तसम्मको आय-व्ययको परिक्षण गर्दा बैंकको वितरणययोग्य मुनाफा अझै माथि जाने आँकलन गर्न सकिन्छ र शेयरधनीले आकर्षक लाभांश अपेक्षा गर्न सक्ने सम्भावना देखिन्छ । बैंकको खराब कर्जा भने २.०२ प्रतिशतबाट बढेर ४.४१ प्रतिशत पुगेको छ भने कष्टअफ फण्ड ५.३१ प्रतिशत रहेको छ ।

    त्यस्तै, सिडी रेसियो ८७.४६ प्रतिशत, नेटवर्थ १५८ रुपैयाँ ३० पैसा र बैंकको तरलता अनुपात २३.१४ प्रतिशत रहेको छ । 

    *PhotoChange

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय