आज विक्रम संवत २०८२ साल वैसाख ६ गते, शनिबार, तदनुसार ईश्वी सन् २०२५ अप्रिल १९ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख कृष्णपक्ष, षष्ठी तिथी, मूल नक्षत्र, आनन्दादिमा–गद योग, चन्द्रराशि–धनु ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यक्षेत्रमा निर्णय लिने क्षमता बढ्नेछ । व्यापार व्यवसायबाट मनग्य आम्दानी गर्न सकिनेछ । लामो दुरीको यात्राको सम्भावना छ । घरायसी खर्च बढ्नेछ । तारिफयोग्य काम सम्पादन गरेर नाम, दाम र प्रतिष्ठा कमाउन सकिन्छ । मेहनत र भाग्यले राम्रो अवसर दिलाउनेछ । सानो प्रयत्नले धेरैको भलाई हुने उपलब्धिमूलक काम सम्पादन हुनेछ । पेशा व्यवसायबाट मनग्य लाभ लिन सकिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बोलीको प्रभावले महत्त्वपूर्ण काम सम्पादन हुनेछ । स्वास्थ्य क्षेत्रमा गरिएको लगानीबाट फाइदा लिन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी नहुनसक्छ । चुनौतिपूर्ण काम सम्पादन हुनेछ । रहस्यमय घटना पत्ता लगाउन सकिनेछ भने नसोचेको धन लाभ हुनेछ । मेहनतले उपलब्धि प्राप्त गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पशुपालन वा कृषिबाट लाभ आर्जन गर्न सकिनेछ। व्यापार व्यवसायमा लगानी गरेर मनग्य धन आर्जन गर्न सकिन्छ । पहिलेको कमजोरी सुर्धान सकिनेछ । भौतिक सम्पत्तिको प्रयोग गरेर अरुलाई आकर्षित गर्न सकिनेछ । हिम्मतले काम लिन नसक्दा पछि परिनेछ । घुमफिर र रमाइलोमा खर्च बढ्नेछ । आज सावधानी पूर्वक गरेको काम समयमै सम्पादन हुनेछ र मनग्य आम्दानी गर्न सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार व्यवसायमा लगानी गरेर प्रशस्त आम्दानी गर्न सकिनेछ । मेहनतीहरूका लागि समय उत्साहजतक छ । प्रतिस्पर्धामा विजयी भइनेछ । पराक्रमले चुनौति चिर्दै आँटेको काम समयमै सम्पादन गर्न सकिनेछ । महत्वकांक्षी योजना कार्यान्वयन गर्ने समय छ । व्यापार व्यवसायमा राम्रोसँग सोचविचार र सरसल्लाह गरेर लगानी बढाउनुहोला । प्रशासनिक क्षेत्रबाट लाभ लिन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यक्षेत्रमा आफैँ खटेर गरेको काम समयमै सम्पादन हुनेछ । व्यापार व्यवसायबाट पनि लाभ लिन सकिनेछ । आर्थिक पक्ष सबल रहनेछ । मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ । मेहनतले आँटेको काम समयमै सम्पादन हुनेछ । पशुपालन र कृषि क्षेत्रबाट लाभ लिन सकिनेछ । आफन्त र परिवारबाट सहयोग प्राप्त हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नोकरी वा पेशामा विशिष्ट व्यक्तिहरूबाट प्रशंसा तथा सम्मान प्राप्त गर्ने अवसर छ । कडा मेहनत गरे पनि न्यून पारिश्रममा चित्त बुझाउनुपर्ला । कृषि तथा सूचना प्रविधिको क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । परिस्थिति प्रतिकूल भएको कारणले चित्त नबुझेको काममा पनि सम्झौता गर्नुहोला । अरुको फाइदाको लागि उपयोग भइनेछ । साझेदारीमा गरिएको व्यवसायमा विवाद आउन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो समयदेखि रोकिएको काम सम्पादन हुनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछ । भौतिक सुख र धन प्राप्तिको योग छ । प्रयत्न गर्दा राम्रो अवसर हात पर्नेछ । साथीभाइ र शुभचिन्तकहरूको सहयोग पाइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकनेछ । व्यापार व्यवसाय र सेवामूलक कामबाट नाम र दाम कमाउन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशिष्ट व्यक्तिहरूबाट मान सम्मान पाइनेछ । तार्किक क्षमता बृद्धि भएर जानेछ । आयआर्जनको क्षेत्र बढ्नेछ । तारिफयोग्य काम सम्पादन हुने हुँदा प्रशंसा गर्नेहरू बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा हुनेहरूले नाम र दाम कमाउन सक्नेछन् । पुराना समस्या समाधान हुनेछ । बोली र तार्किक क्षमताले सम्मानित स्थान दिलाउनेछ । बोलीको भरमा चिताउको काम बन्नेछ भने रोकिएको काम बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार व्यवसायबाट सोचेजस्तो आम्दानी गर्न सकिनेछ । आर्थिक पक्ष सबल रहेको छ । नयाँ कामको अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा नयाँ योजनाहरूको सुरुवात गर्ने समय रहेको छ भने विशिष्ट व्यक्तिहरूको सहयोग प्राप्त हुनेछ। घुमफिरको योजना बन्नेछ । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम सुरु गर्न सकिनेछ । पहिलेको सफलताको थप काम गर्न हौसला मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। आयक्षेत्र सबल रहनेछ यद्यपि, आर्थिक आर्थिक कारोबार गर्दा सचेत हुनुहोला । खर्च बढ्दा आर्थिक सङ्कट झेल्नुपर्ला । यात्राको सम्भावना छ । विदेशी सामानको व्यापार फस्टाउनेछ । विदेशमा बसेर रोजगारी तथा व्यापार व्यवसाय गर्नेहरूका लागि पनि आजको दिन फलदायी रहेको छ । उधारो कारोबार हुनसक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले काम गर्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने प्रशस्त आम्दानी गर्न सकिने समय छ । शत्रु तथा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी सोचे जस्तो नाफा कमाउन सकिनेछ । सानो प्रयत्नले छोटो समयमा नाम र दाम कमाउन सकिनेछ । आयआर्जन राम्रो हुँदा भौतिक साधन जोड्न सकिनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यक्तिगत लेनदेनमा सतर्क रहनुहोस। आयआर्जनको सेत बृद्धि हुनेछ । पुराना काम सम्पम्दान हुने हुँदा आयआर्जन बढ्नेछ । व्यापार व्यवसायबाट राम्रो फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मेहनतले आँटेको काम सम्पादन हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र कडा मेहनतले महत्वकांक्षी योजना कार्यान्वयन गर्न सकिनेछ । अवसर सदुपयोग गरेर नाम र दाम कमाउने समय छ ।