बजेट बहसः पूर्वअर्थमन्त्रीहरुको आ–आफ्नै तर्क,  के दिए अर्थमन्त्रीलाई सुझाव ?

बजेट बहसः पूर्वअर्थमन्त्रीहरुको आ–आफ्नै तर्क,  के दिए अर्थमन्त्रीलाई सुझाव ?

वैचारिक र नीतिगत स्पष्टता सहित कार्यान्वयन योग्य बजेट

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • images
    images
    बजेट बहसः पूर्वअर्थमन्त्रीहरुको आ–आफ्नै तर्क,  के दिए अर्थमन्त्रीलाई सुझाव ?
    images
    images

    काठमाडौं/ आर्थिक वर्ष २०८२/ ०८३ को बजेट तयारी हुँदै गर्दा  पूर्व अर्थमन्त्रीहरुले आ– आफ्नै अनुभव र तर्क राखेका छन् । विभिन्न कार्यक्रम तथा सुझाव छलफल कार्यक्रमहरुमा विशेषगरी कार्यान्वयन योग्य हुनुपर्ने बताउँदै आएका छन् । 

    यस्तैगरी यथार्थपरक बजेट ल्याउन अर्थमन्त्री विष्णु पौडेललाई सुझाएका छन् । आफ्नो पालाको बजेट निर्माण कमजोरी लुकाएर सबैले दिने सुझाव जस्तै कार्यन्वयन विषयलाई नै औँल्याए । 

    हिजो अर्थ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८२/ ०८३ वर्षको बजेट सम्बन्धी परामर्शमा पूर्व अर्थमन्त्रीहरुले लोकप्रिय र नारामा केन्द्रित नभैइ व्यवहारिक बजेट ल्याउन भनेका छन् । 

    छलफलमा मन्त्रालयमा उनीहरुले  बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न पनि सुझाव सधैँ झैँ  यसपटक पनि दिए । पूर्व अर्थमन्त्रीहरुले धेरै आयोजनाहरु प्रस्ताव गर्ने भन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयन योग्य आयोजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यस्तै स्वास्थ्य, शिक्षा र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि सुझाव दिएका छन् । 

    पूर्व प्रधानमन्त्री एवं अर्थमन्त्री डा. बाबुराम भट्टराईले वैचारिक र नीतिगत स्पष्टता सहित कार्यान्वयन योग्य बजेटलाई प्राथमिकता दिनु पर्ने बताए ।  

    पर्याप्त साधन स्रोत नभइकन राज्यले सबै कुरा गर्न खोज्दा समस्या आएको उल्लेख गर्दै पूर्व अर्थमन्त्री डा.भट्टराईले सार्वजनिक, निजी, सहकारी र समुदायको भूमिका पनि स्पष्ट हुनुपर्नेमा जोड दिए । 

    पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले आयोजना वर्गीकरणको मापदण्ड पालना गर्दै सिमित र कार्यान्वयन हुने खालका आयोजनाहरु ल्याउन आग्रह गरे । उनले वित्त नीति र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिए । 

    पूर्व अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनालाई चरणवद्ध रुपमा सम्पन्न गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै बनेका पूर्वाधारहरुलाई सदुपयोग गर्नुपर्ने बताए । उनले सूचना प्रविधिलाई विशेष महत्व दिनुपर्ने उल्लेख गर्दै प्रादेशिक हिसाबले पनि सुन्तलित बजेट ल्याउन सुझाव दिए । 

    त्यसैगरी पूर्व अर्थमन्त्री जनार्दन शर्माले आयतमा आधारित राजस्वलाई आन्तरिक उत्पादनमा आधारित बनाउनुपर्ने बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com