फुटबलका महान खेलाडी रोबर्टो कार्लोस एनसेल नेपाल सुपर लिगका लागि नेपाल आउँदै

फुटबलका महान खेलाडी रोबर्टो कार्लोस एनसेल नेपाल सुपर लिगका लागि नेपाल आउँदै

शुक्रवार, चैत २९ २०८१
शुक्रवार, चैत २९ २०८१
  • फुटबलका महान खेलाडी रोबर्टो कार्लोस एनसेल नेपाल सुपर लिगका लागि नेपाल आउँदै

    काठमाडौँ / ब्राजिलका चर्चित तथा महान फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका छन् । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा.लि.ले खेलाडी रोबर्टो कार्लोस अप्रिल १८ मा दुई दिने विशेष भ्रमणका लागि काठमाडौँ आउने भएका हुन् । उनी एनसेल नेपाल सुपर लिग २०२५ का विशेष अथितिका रूपमा आउन लागेका हुन्।

    images
    images

    फुटबल इतिहासकै उत्कृष्ट लेफ्ट-ब्याकमध्ये एक मानिने कार्लोसले रियल मड्रिड र ब्राजिल राष्ट्रिय टिममा खेलेका स्मरणीय खेलहरूका कारण विश्वभर लोकप्रियता कमाएका छन्। 

    उनी अप्रिल १९ मा दशरथ रंगशालामा हुने क्यूवान खेलको प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

    यो भ्रमण नेपाली फुटबलको इतिहासमा ऐतिहासिक मानिनेछ, जहाँ नेपाली दर्शकहरूले पहिलोपटक विश्व फुटबलका महान हस्तिलाई प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्। साथै, यसले नेपाल सुपर लिगलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउनेछ।

    नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक श्रेयांस कार्की भन्छन्, “हामीलाई विश्व फुटबलकै एक महान खेलाडीलाई नेपाल स्वागत गर्न पाउँदा अत्यन्तै गर्व लागेको छ। उनको उपस्थितिले लिगको गरिमा बढाउने मात्र होइन, सम्पूर्ण नेपाली फुटबलप्रेमीहरूलाई प्रेरणा पनि दिनेछ ।”

    क्यूवान खेलमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुका साथै, अप्रिल १८ र १९ मा रोबर्टो कार्लोस सहभागी हुने अन्य रोचक कार्यक्रमहरू पनि आयोजना हुनेछन् । एनसेल नेपाल सुपर लिग २०२५ ले नेपाली व्यवसायिक फुटबलको भविष्य निर्माणमा उल्लेखनीय भूमिका खेलेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय