तीनकुने घटनामा संलग्नहरू धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री

तीनकुने घटनामा संलग्नहरू धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री

शुक्रवार, चैत २९ २०८१
शुक्रवार, चैत २९ २०८१
  • images
    images
    तीनकुने घटनामा संलग्नहरू धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री
    images
    images

    काठमाडौँ / गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायतका घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रमजारी रहेको बताएका छन् ।

    शुक्रबार कानून समितिको बैठकमा उक्त प्रदर्शनमा मुख्य आरोपी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिँदै गृहमन्त्री लेखकले घटनाका अन्य आरोपीहरू पनि पक्राउ पर्ने क्रम जारी हरेको बताएका हुन् ।

    तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको बताउँदै उनले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने बताए ।

    उनले भने, ‘घाइतेलाई अस्पतालहरूमा पुगेरै मैले भेटेको छु, घटनामा परी मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहत स्वरूप १०÷१० लाख रुपैयाँ दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ ।’

    उनले तीनकुनेमा हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रूपमा ब्याख्या समेत गरे । ‘लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजी उचित हुँदैन ।’ उनले भने,‘हिन्दु धर्म जस्तो उत्कृष्ठ धर्मलाई निकृष्ठ राजनीतिका लागि प्रयोग गर्नुहुदैँन ।’

    गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भएपनि लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्नेमा जोड दिए । तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको मन्त्री लेखकको भनाई छ ।

    ‘यस्ता प्रकृतिका घटना हुन नदिन सरकार गम्भीर रहेको पनि जानकारी गराउँछु ।’ उनले भने, ‘घटनाक्रमलाई विश्लेषण गर्दा नियोजित रूपमा आतंक र अराजकता फैलाउने आपराधिक कार्य हो भन्ने कुरामा विवाद हुन सक्दैन भन्नेमा प्रष्ट छु ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com