सिजी इलेकट्रोनिक्स अन्तर्गत केन्ट ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘स्टार्ट अ न्यू इयर विथ प्रमिस अफ १०० प्रतिशत पियोर वाटर अभियानको शुभारम्भ गरेको घोषणा गरेको छ ।
सो अभियानले ग्राहकहरूलाई केन्ट मिनरल आरओ वाटार प्यूरिफायर मा आकर्षक अफर र विशेष उपहारहरू प्रदान गर्दै, नयाँ वर्षलाई स्वस्थ र स्वच्छ बनाउने लक्ष्य राख्दछ ।
केन्टका उत्पादनहरू अत्याधुनिक प्रविधिमा आधारित छन्, जसले शुद्ध पानीको आपूर्ति, ऊर्जा बचत, र दीर्घकालिक टिकाउपनको ग्यारेन्टी प्रदान गर्ने कम्पनीको दावी छ ।
सो अभियान अन्तर्गत, ग्राहकहरूले केन्ट मिनरल आरओ वाटार प्यूरिफायर खरिद गर्दा निःशुल्क सिजी इलेक्ट्रिक केटल प्राप्त गर्ने अवसर पाउनेछन् । उक्त विशेष अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र स्वस्थ बनाउन योगदान पुर्याउनेछ।
साथै, केन्टका वाटर प्युरिफायरहरूले अत्याधुनिक मल्टिपल प्युरिफिकेशन प्रोसेस, शून्य पानीको बर्बादी, १०० प्रतिशत शुद्ध पानी, आवश्यक मिनरल्सलाई कायम राख्ने प्रविधि, र युभि एलइडी टेक्नोलोजी जस्ता विशेषताहरू प्रदान गर्दछ, जसले पानीको गुणस्तर र प्रयोगकर्ताको स्वास्थ्यमा उच्च स्तरको सुरक्षा सुनिश्चित गर्दछ ।
ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १२ महिनाको वारेन्टी, निःशुल्क डेलिभरी, शून्य प्रतिशत इएमआइ र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ ।
क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्छन् । सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।
केन्ट जस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको छ ।