एनएसएल नेपाल सुपर लिग : आज चितवन र ललितपुर भिड्दै

एनएसएल नेपाल सुपर लिग : आज चितवन र ललितपुर भिड्दै

बिहिवार, चैत २८ २०८१
बिहिवार, चैत २८ २०८१
  • images
    images
    एनएसएल नेपाल सुपर लिग : आज चितवन र ललितपुर भिड्दै
    images
    images

    काठमाडौँ / नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज एफसी चितवन र ललितपुर सिटी एफसी भिड्दै छ । खेल बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुने छ । प्रतियोगितामा दुवै टोलीले तीन-तीन खेल खेलिसकेका छन् । आजको खेलमा चितवन तेस्रो जितको खोजीमा रहँदा ललितपुर दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको  छ ।

    चितवनले दुईमा जित र एकमा बराबरी गर्दै सात अङ्क जोडेको छ भने ललितपुरले एक जित र दुई बराबरीसहित पाँच अङ्क निकालेको छ । जारी प्रतियोगितामा एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स, झापा एफसी र बुटवल लुम्बिनी एफसी गरी सात टोली सहभागी रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com