बंगालको खाडीबाट भित्रिएको हावाको कारण कहाँ कहाँ भइरहेको छ बर्षा ? अब तुवाँलो कम हुने

बंगालको खाडीबाट भित्रिएको हावाको कारण कहाँ कहाँ भइरहेको छ बर्षा ? अब तुवाँलो कम हुने

बिहिवार, चैत २८ २०८१
बिहिवार, चैत २८ २०८१
  • images
    images
    बंगालको खाडीबाट भित्रिएको हावाको कारण कहाँ कहाँ भइरहेको छ बर्षा ? अब तुवाँलो कम हुने
    images
    images

    काठमाडौँ / जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

    हाल देशभर आंशिक देखि साधारणतया बदलीको अवस्था रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ । साथै देशभर तुवाँलो लागेको अवस्था छ ।

    आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने देखिन्छ । 

    मेघगर्जन/चट्याङ्ग, वर्षा, हिमपात लगायत तुवाँलोका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com