सेन्सेइ ब्रान्डले ल्यायो एक्स–प्लस दिने आकर्षक नयाँ वर्ष योजना

सेन्सेइ ब्रान्डले ल्यायो एक्स–प्लस दिने आकर्षक नयाँ वर्ष योजना

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • images
    images
    सेन्सेइ ब्रान्डले ल्यायो एक्स–प्लस दिने आकर्षक नयाँ वर्ष योजना
    images
    images

    काठमाडौँ / सिजी इलेकट्रोनिक्स अन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्स–प्लस सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ। 

    सो अभियान अन्र्तगत कम्पनीले सेन्सेइ ब्रान्डका घरायसी  सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र स्योर सट उपहारहरूका साथै बम्पर लक्की ड्रमा हिरो एक्स पल्स बाईक पाउन सक्ने उक्त अभियान सुरु गरेको हो । 

    सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने र टिकाउ हुने वाचा गर्छन्।

    सो अभियानअन्तर्गत, ग्राहकहरूले सेन्सेइका घरायसी उपकरणहरू खरिद गर्दा २५ प्रतिशतसम्म क्यासब्याक र स्योर सट उपहारहरू जस्तै एलइडी टिभी ५० र माथिमा एमआइ एयर पोड, सेमी–अटोमेटिक वाशिङ मेसिनमा २ किलो एरियल, र फ्रन्ट–लोड वाशिङ मेसिनमा ६ किलो एरियल प्राप्त गर्न सक्नेछन्। 

    यो अवसरले ग्राहकहरूको नयाँ वर्षलाई अझ स्मरणीय बनाउनेछ । लक्की ड्रमा सहभागी हुन बिज्ञापनमा दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सक्नुहुनेछ ।

    ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि शून्य प्रतिशत इएमआई (किस्ता) भुक्तानीको सुविधा उपलब्ध गराएको छ। 

    क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले अफरहरूको फाइदा उठाउन सक्नेछन् । सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । 

    सेन्सेइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com