एनसेल नेपाल सुपर लिग : काठमाडौँ रेजर्सको जित, अमाडु डियोप ‘भ्यालुएबल प्लेयर’ घोषित

एनसेल नेपाल सुपर लिग : काठमाडौँ रेजर्सको जित, अमाडु डियोप ‘भ्यालुएबल प्लेयर’ घोषित

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • एनसेल नेपाल सुपर लिग : काठमाडौँ रेजर्सको जित, अमाडु डियोप ‘भ्यालुएबल प्लेयर’ घोषित

    काठमाडौँ / एनसेल नेपाल सुपर लिग २०२५ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा काठमाडौँ रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोडेको छ। खेलको एक मात्र गोल काठमाडौँका अमाडु डियोपले ६१औँ मिनेटमा गर्दै टोलीलाई जित दिलाए। 

    images
    images

    उत्कृष्ट प्रदर्शनका लागि उनी खेलको ‘भ्यालुएबल प्लेयर’  घोषित भए। बुटवल लुम्बिनीका गोलरक्षक दीप कार्कीले शानदार बचाउ प्रदर्शन गरेपछि उनलाई ‘रेड बुल मोस्ट एनर्जेटिक प्लेयर’को उपाधि दिइयो।

    खेलमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 

    दोस्रो हाफमा काठमाडौँले आफ्नो दबाब कायम राख्दै डियोपको गोलमार्फत अग्रता लिएको थियो। बुटवल लुम्बिनीले अन्तिम समयमा केही अवसर सिर्जना गरे पनि बराबरी गोल गर्न सकेन।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय