पोखरा महानगरको नमुना नगर सभा नयाँ गाउँमा

पोखरा महानगरको नमुना नगर सभा नयाँ गाउँमा

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • पोखरा महानगरको नमुना नगर सभा नयाँ गाउँमा

    पोखरा / ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ नारासहित पोखरा महानगरपालिकाको नगर युवा परिष‌द्ले ‘नमुना नगर सभा’ आयोजना गरेको छ । मंगलबार नयाँ गाउँको इको रिसोर्टमा उद्घाटन गरिएको सभामा युवाहरुको समसामयीक मुद्दाहरुमा छलफल भएको थियो ।

    images
    images

    पोखरा युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौंलागाईले उद्घाटन गरेका हुन् । उनले महानगरभित्रका युवाहरुको क्षमता विकास गर्न र उद्यमशिल बनाउने कुरामा जोड दिए ।

     नगर सभामा विशेष अतिथीमा वडा न १८ का वडा अध्यक्ष शिव प्रसाद तिमल्सिना, पोखरा व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, महानगरपालिका प्रमुखका सचिवालय प्रमुख पूर्ण लामा, नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष कृतन वाग्ले, विष्णु माया सुवेदी युवा परिषद महानगर सदस्य सरस्वती पुरीलगायतले सहभागिता जनाएका थिए ।

    सभामा मिलन पौडेल, विस्वास अधिकारी, विवेक तिमल्सिना, पत्रकार महासंघ मुस्ताङका सचिव आदित्य रसाइली र नेपाल न्युज बैंकका प्रतिनिधि सविन सुनारसहितले पनि सहभागिता जनाए । सभामा  विवेक त्रिपाठी र नवराज बरालले प्रशिक्षण दिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय