स्वास्थ्य बिमा अन्तर्गत झापा सबैभन्दा धेरै बिमित भएको जिल्ला

स्वास्थ्य बिमा अन्तर्गत झापा सबैभन्दा धेरै बिमित भएको जिल्ला

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • images
    images
    स्वास्थ्य बिमा अन्तर्गत झापा सबैभन्दा धेरै बिमित भएको जिल्ला
    images
    images

    झापा / नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा झापा सबैभन्दा बढी सङ्ख्यामा सहभागी (बिमित) भएको जिल्ला बनेको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय झापाकी संयोजक लक्ष्मी कँडेलले झापामा सात लाख ६२ हजार ६८६ जना बिमित रहेको बताइन् । 

    स्वास्थ्य बिमा बोर्डका अनुसार देशभरमा ८९ लाख ६७ हजार सात सय ९० जना बिमित छन् । झापापछि बिमित धेरै रहेको जिल्लामा मोरङ (दोस्रो), सुनसरी (तेस्रो) र चितवन (चौथोँ) रहेका छन् । 

    मोरङमा छ लाख एक हजार चार सय २९ जना, सुनसरीमा पाँच लाख ७५ हजार छ सय ९५ जना र चितवनमा पाँच लाख ६५ हजार सात सय १० जना बिमित छन् । उनले झापामा कूल जनसङ्ख्याको ६९ दशमलव ६७ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध रहेको जानकारी दिईन् । 

    १५ पालिका रहेको जिल्लामा हालसम्म सबैभन्दा बढी बिमितको सङ्ख्या दमक नगरपालिकामा रहेको छ भने कम सङ्ख्या झापा गाउँपालिकामा रहेको छ । 

    दमकमा एक लाख ११ हजार ८० जना अर्थात त्यहाँको जनसङ्ख्याको एक सय तीन प्रतिशत बिमित रहेको संयोजक कँडेलले जानकारी दिईन् । 

    भुटानी शरणार्थी र घर भाडामा बस्नेको बिमा भएको हुँदा दमकमा नगरको जनसङ्ख्याभन्दा धेरै बिमित रहेको उनले बताईन् । सबैभन्दा थोरै बिमित रहेको झापा गाउँपालिकामा १४ हजार नौ सय ७४ जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागी छन् । जनसङ्ख्याको तुलनामा बिमितको सङ्ख्या ३८ प्रतिशत मात्र रहेको छ । 

    यसैगरी, अर्जुनधारा नगरपालिकामा ४९ हजार सात सय ६९, भद्रपुरमा ५५ हजार ८३, बाह्रदशी गाउँपालिकामा २० हजार तीन सय २७, विर्तामोडमा ८१ हजार नौ सय ४९, बुद्धशान्ति गाउँपालिका ३८ हजार छसय ४७ र गौरादह नगरपालिका ४६ हजार नौ सय ३१ जना बिमित भएका छन् । 

    गौरीगञ्ज गाउँपालिकामा १९ हजार चार सय १०, हल्दिबारीमा २५ हजार नौ, कचनकवल गाउँपालिकमा २६ हजार दुई सय ६७, कमल गाउँपालिकामा ४८ हजार तीन सय १२, कनकाई नगरपालिकामा ४१ हजार नौ सय ११, मेचीनगरमा ७८ जार छ सय ५२, शिवसताक्षीमा ५७ हजार चार सय नौ जना बिमित रहेको जिल्ला संयोजक कँडेलले जानकारी दिईन् । 

    प्रादेशिक अस्पताल भद्रपुरसहित जिल्लाका १४ वटा प्राथमिक सेवा प्रदायक संस्थाबाट बिमितले सेवा लिइरहेका छन् । 

    रेफर भएका बिमितले विर्तामोडको विएन्डसी, कनकाई अस्पताल, भद्रपुरको ओमसाई पाथीभरा, दमकको निम्स, आम्दा र दमक अस्पतालबाट बिमितले सेवा पाइरहेको उनको भनाइ छ ।

    झापाका पाँच वटा आँखा अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितले सेवा पाइरहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com