काठमाडौँ / ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुयल फण्ड आज २०८२ आषाढ २२ गते आइतबारबाट संघसंस्था तथा सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
उक्त म्युचुअल फण्डको प्रतिइकाई अंकित मूल्य रु.१० दरको रहेको छ । त्यस्तै, १२ करोड इकाई मध्य न्यूनतम् बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्युनतम् १५ प्रतिशत इकाईमध्य योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा १८ लाख इकाई छुट्याएको छ ।
यसैगरी, कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बंैक लिमिटेडको लागि १३.५० प्रतिशत वा १ करोड ६२ लाख इकाई बीज पूँजीको रूपमा रहनेछ ।
बाँकी न्यूनतम् १० करोड २० लाख इकाईको लागि विभिन्न संघ संस्था÷सर्वसाधारणहरूको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
यस योजनामा संघ संस्था तथा सर्वसाधारणहरूले न्यूनतम् १०० इकाई र अधिकतम् १ करोड २० लाख इकाईको आवेदन दिनसक्नेछन् ।
मुख्य विशेषताहरू
योजना प्रकार : बन्दमुखी योजना
फण्डको नाम : ग्लोबल आइएमई म्युचुअल फण्ड
कोषको आकार : प्रारम्भिक रु.१.२० अर्ब (अत्याधिक माग भएमा रु.१.५० अर्बसम्म)
प्रतिइकाई मूल्य : रु.१०
सर्वसाधारण निष्काशन गरिने इकाई : १२ करोड इकाईहरू
न्यूनतम् लगानी : १०० इकाई
अधिकतम लगानी : योजनाको १० प्रतिशत अर्थात १.२० करोड इकाई
योजनाको अवधि : इकाई बाँडफाँड मितिदेखि १० वर्ष
लाभांश नीति प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुनः लगानी
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण
प्रारम्भिक लगानी १५ प्रतिशत - फण्ड प्रायोजक र व्यवस्थापक
व्यवस्थापन शुल्क नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
डिपोजिटरी शुल्क नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत
लगानी मिश्रण
इक्विटी/इक्विटी सम्बन्धी साधनहरूः ७०-९० प्रतिशत (उच्च जोखिम)
ऋणपत्रः निश्चित आम्दानी साधनहरूः ०-१० प्रतिशत (मध्यम जोखिम)
फिक्स डिपोजिटः ०-१० प्रतिशत (न्यून जोखिम)
नगद/आइपिओ/अन्य म्युचुअल फन्डः ०-१० प्रतिशत (न्यून जोखिम)
लगानी गर्नुपर्ने कारणहरू
व्यवसायिक व्यवस्थापन
विविधीकरण
सहजता र पहुँच
सस्तो लगानी
पारदर्शिता
कर छुट
लगानीकर्ता संरक्षण
प्रक्षेपण अनुसार लगानी प्रतिफल (१० वर्ष)
क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसअनुसार यस योजनाका इकाईधनीहरूले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन ।
यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरूलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरिएको छ ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हालसम्म २ योजनाहरू सञ्चालन भइसकेका छन । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुर्नखरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।
यस योजनाको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।
यस योजनाको इकाईमा लगानीकर्र्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि-आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।
यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आइआरएन एएमसी क्वालिटि ३ (३) रेटिङ्ग प्रदान गरेको छ ।