पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भित्रियो जलवाष्फयुक्त हावा, देशभरको मौसम कस्तो रहला ?

पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भित्रियो जलवाष्फयुक्त हावा, देशभरको मौसम कस्तो रहला ?

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • images
    images
    पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भित्रियो जलवाष्फयुक्त हावा, देशभरको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको समेत प्रभाव रहेको छ।

    जसको प्रभावले हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। 

    हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भईरहेको छ साथै देशभर तुँवालो लागेको अवस्था छ ।

    कोशी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहीरहेको तुँवालो केही मात्रामा कम हुने देखिन्छ ।

    मेघगर्जन/चट्याङ्ग, वर्षा, हिमपात लगायत तुँवालोका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com