म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६०० पुग्यो, ८९ वटा परकम्पहरू रेकर्ड

म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६०० पुग्यो, ८९ वटा परकम्पहरू रेकर्ड

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • images
    images
    म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६०० पुग्यो, ८९ वटा परकम्पहरू रेकर्ड
    images
    images

     म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको  संख्या ३ हजार ६०० पुगेको छ भने ५हजार १७ जना घाइते भएका छन् र १६० जना अझै बेपत्ता छन् ।

    म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ । 
    मार्च २८ मा स्थानीय समय अनुसार १२ः५१ बजे म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

    भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो । देशको मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार आइतबारसम्म २.८ देखि ७.५ म्याग्निच्युडसम्मका जम्मा ८९ वटा परकम्पहरू रेकर्ड गरिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com