इनफिनिक्स जिटि २० प्रो पुनः नेपाली बजारमा आउने, योगकर्ताहरूको पहिलो रोजाई किन बन्दैछ ?

इनफिनिक्स जिटि २० प्रो पुनः नेपाली बजारमा आउने, योगकर्ताहरूको पहिलो रोजाई किन बन्दैछ ?

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • images
    images
    इनफिनिक्स जिटि २० प्रो पुनः नेपाली बजारमा आउने, योगकर्ताहरूको पहिलो रोजाई किन बन्दैछ ?
    images
    images

    काठमाडौँ / इनफिनिक्स प्रयोगकर्ताहरूको मागपछि  जिटि २० प्रो पुनः नेपाली बजारमा फर्कने भएको छ । थप बलियो, अझ स्टाइलिस, र थप स्मार्टसहितको विशेषता लिएर यो फोन बजारमा फर्किने भएको हो । 

    मिडिया टेक डाइमनसिटी ८२०० अल्टिमेट चिपसेटले सञ्चालित यो फ्ल्यागशिप गेमिङ फोन, ती सबैका लागि भएको र खेलमा कुनै सम्झौता नगर्ने भएका कारण उक्त फोन बजारमाा फर्किएको कम्पनीले जनाएको छ । 

    “धुलिखेलदेखि धनगढीसम्म, सहरका स्ट्रिट गेमरहरूदेखि ई-स्पोर्ट्स सपना देख्ने युवासम्म, जिटी २० प्रो केवल एउटा फोन मात्र होइन  – यो साहस र शक्तिको प्रतीक बनिसकेको छ जसले  यसपटकको पुनः आगमनलाई प्रेरणा दिए,” कम्पनीले भनेको छ । 

    जिटि २० प्रोलाई नेपालकै मोबाइल गेमिङ लेजेन्ड बनाउने हरेक प्रयोगकर्तालाई कम्पनीले धन्यवादसमेत दिएको छ ।

    जिटि २० प्रोका विशेषताहरू 

    डेडिकेटेड गेमिङ डिस्प्ले चिप – अत्यन्त स्मूद र रियल टाइम ग्राफिक्स अनुभव 

    120Hz AMOLED डिस्प्ले – अल्ट्रा-फास्ट टच रेस्पोन्स, प्रो गेमर लेभल अनुभव

    साइबर मेचा डिजाइन – लुक्स र पर्फमेन्स दुबैमा गेमर स्पिरिट

    Gen Z का लागि तयार गरिएको स्टाइल र गेमिङ   डिएनए को परफेक्ट मिक्स

    जिटि २० प्रो ११ अप्रिल २०२५ देखि सम्पूर्ण इनफिनिक्स स्टोरहरू र अनलाइन प्लेटफर्महरूमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com