काठमाडौँ / सीजी ब्राण्डले नयाँ वर्ष २०८२ को स्वागतमा विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘आफ्नो लेभल अप ! क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना 'लेभल अप ! विथ सीजी लाइफ हुन्छ इजी’ योजना सार्वजनिक गरेको हो।
कम्पनीको अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन् ।
क्यासब्याकस् ६१ हजार ८०० रुपैयाँसम्म।
पक्का उपहारहरू : २.१ स्पिकर, सीजी मेरिडिया गुगल टीभी (६५–१०० इन्च)को खरिदमा।
२ केजी एरियल पाउडर : सेमी–अटोमेटिक र टप–लोड वासिङ मेसिनको खरिदमा।
६ केजी एरियल पाउडर : फ्रन्ट–लोड वासिङ मेसिनको खरिदमा।
मिक्सर ग्राइन्डर : साइड-बाई-साइड र मल्टि-डोर रेफ्रिजेरेटरको खरिदमा।
डिशवाशर किट : डिशवाशरको खरिदमा ।
निःशुल्क इन्स्टलेसन सेवा : एयर कन्डिसनरको खरिदमा।
कम्पनीको अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ।
नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सीजीले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानलाई निरन्तर दिँदै यो योजना ल्याएको जनाएको छ ।