दक्षिण कोरियामा अदालतको फैसलाप्रति पक्ष र विपक्षमा प्रदर्शन, हेर्नुस् तस्बिरमा

दक्षिण कोरियामा अदालतको फैसलाप्रति पक्ष र विपक्षमा प्रदर्शन, हेर्नुस् तस्बिरमा

शनिवार, चैत २३ २०८१
शनिवार, चैत २३ २०८१
  • दक्षिण कोरियामा अदालतको फैसलाप्रति पक्ष र विपक्षमा प्रदर्शन, हेर्नुस् तस्बिरमा

    दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेपछि कोरियाली जनताहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाएलगत्तै दक्षिण कोरियालीहरूले निर्णयप्रति उत्सव र निराशा दुवै व्यक्त गरिरहेका छन् ।

    images
    images

    south koria pradarshan (9).JPG

    सरकार विरोधी प्रदर्शनकारीहरूले यो नतिजालाई सार्वजनिक विश्वास पुनस्र्थापित गर्ने दिशामा एक कदमको रूपमा हेरेका छन् ।  त्यस्तै युनका समर्थकहरूले यसलाई लोकतान्त्रिक सिद्धान्तहरूमाथि प्रहारको रूपमा हेरेका छन् । 

    south koria pradarshan (7).JPG

    राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए । तर, संसद्मा व्यापक विरोध भएपछि दुई घण्टामै घोषणा फिर्ता लिन बाध्य भएका थिए ।

    south koria pradarshan (8).JPG

    शुक्रबार संवैधानिक अदालतले महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट हटेका हुन् । अब ६० दिन भित्र तुरुन्तै राष्ट्रपति चुनाव गर्नुपर्ने देखिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय