आज र भोलि कस्तो रहला देशभरको मौसम ?

आज र भोलि कस्तो रहला देशभरको मौसम ?

शनिवार, चैत २३ २०८१
शनिवार, चैत २३ २०८१
  • images
    images
    आज र भोलि कस्तो रहला देशभरको मौसम ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको छ।

    हाल कोशी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। 

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    आइतबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

    देशका अधिकांश भूभागहरूमा तापक्रम बृद्धि हुँदै जाने सम्भावना रहेको, वर्षाको सम्भावना कम रहेको कारण सुख्खापन, आगलागी तथा वायू प्रदुषण बढ्दै जाने सम्भावना छ । यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com