अधिक तरलता भएपछि राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्ने, ब्याजदर बोलकबोलबाटै तोकिने

अधिक तरलता भएपछि राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्ने, ब्याजदर बोलकबोलबाटै तोकिने

आइतवार, चैत १७ २०८१
आइतवार, चैत १७ २०८१
  • images
    images
    अधिक तरलता भएपछि राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्ने, ब्याजदर बोलकबोलबाटै तोकिने
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । 

    बजारमा रहेको अधिक तरलतालाई कम गर्न केन्द्रय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ तान्ने भएको हो । 

    बोलकबोल माध्यमबाट ब्याजदर निर्धारण गरिने सो रकम राष्ट्र बैंकले २१ दिन अवधिको संकलन गर्न लागेको जनाएको छ ।   

    यसका लागि आज ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । 

    राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने उक्त निक्षेप  संकलनको आजै निष्कासन हुनेछ । 

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको साँवा ब्याज आगामी बैशाख ७ गते परिपक्व हुनेछ । 

    निक्षेप संकलन उपकरणका बालकबालमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् । 

    निक्षेप संकलनका लागि आव्हान गरिएका रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेका रकमसम्म क्रमशः बाडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com