रवि सिंहको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघको तदर्थ समिति गठन, यी हुन् सदस्यहरु

रवि सिंहको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघको तदर्थ समिति गठन, यी हुन् सदस्यहरु

मंगलवार, चैत १२ २०८१
मंगलवार, चैत १२ २०८१
  • रवि सिंहको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघको तदर्थ समिति गठन, यी हुन् सदस्यहरु

    काठमाडौं/  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रहेका रवि सिंहको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपालको तदर्थ समिति गठन भएको छ । 

    images
    images

    राजधानीमा सोमवार सम्पन्न नेपाली कांग्रेस आबद्ध निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलाले सिंहको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । 

    समितिको सह—संयोजकमा प्रकाशबहादुर सेठी र राजेन्द्र पहारी रहनु भएको छ । समितिको सदस्यहरूमा रमेश दाहाल, शम्भु ठाकुर, शान्तकुमार श्रेष्ठ, ऋषिराम अधिकारी, रुद्र शर्मा, भरत कुमार डाँगी, लक्ष्मण स्वाँर र मोहन कुमारी कालिकोटे रहेका छन् । 

    नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागको आयोजनामा आयोजित भेलाको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  गरेका थिए । 

    नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागका संयोजक मदनबहादुर अमात्यको सभापतित्वमा सम्पन्न भेलामा ६ सय भन्दा बढी निर्माण व्यवसायीहरूको सहभागिता रहेको विभागका सदस्य सचिव ईन्जिनियर आङ दोर्जी लामा (ए.डी) ले जानकारी  दिए ।

    भेलाले आगामी ६ महिना भित्रमा ७७ जिल्ला र ७ प्रदेशमै संगठन विस्तर गर्ने निर्णय गरेको छ । साथै संघको विधान तयार गरी नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपाल (ने.का) दर्ता गरिने निर्णय पनि भेलाले गरेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय