पहिले उम्किएका पोखरा महानगरको उजुरी हेर्ने अधिकारी अहिले घुससहित पक्राउ अख्तियारको फन्दामा

पहिले उम्किएका पोखरा महानगरको उजुरी हेर्ने अधिकारी अहिले घुससहित पक्राउ अख्तियारको फन्दामा

शुक्रवार, चैत ८ २०८१
शुक्रवार, चैत ८ २०८१
  • पहिले उम्किएका पोखरा महानगरको उजुरी हेर्ने अधिकारी अहिले घुससहित पक्राउ अख्तियारको फन्दामा

    पोखरा /  पोखरा महानगरको उजुरी फछ्र्यौट शाखामा कार्यरत अधिकारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरपालिकाको गेटबाट उनलाई बिहीबार घुससहित पक्राउ गरेको हो ।

    images
    images

    अख्तियार पोखराका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै एक लाख रुपैयाँ रकम मागेकोमा २५ हजार रुपैयाँ लिएको अवस्थामा महानगरको गेट अगाडिबाट गिरीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जानकारी जनाएको छ ।

    महानगरका विषयमा अख्तियारमा परेका उजुरी फछ्र्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै पोखरा महानगरपालिकाको वडा नम्बर १ , ३ र ३० हेर्ने अमिनसंग एक लाख रुपैयाँ घुस मागेको अख्तियारको जिकिर छ ।

    आफूविरुद्ध अख्तियारमा उजुरी परेको खबरले अत्तालिएका ती अमिनले आफूसंग त्यति ठुलो रकम नभएको भन्दै गिरीसंग गरेको टेलिफोन वार्ताको रेकर्ड पनि अख्तियारले प्राप्त गरेको बताइएको छ ।

    स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगरपालिका वडा नम्बर २ मा कार्यरत थिए । त्यहाँ कार्यरत हुँदा उनलाई त्यतिबेला पनि अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गर्न खोजेको थियो । तर त्यतिबेला उनको साथबाट घुस रकम फेला नपरेपछि उनी कारबाहीबाट बचेका थिए ।

    पुतलीबजार २ मा रहदा नै बढुवा भएपछि पोखरा महानगरपालिकामा सरुवा भएर आएका थिए र उनलाई महानगरले पोखरा १७ मा खटाएको बताइएको छ । त्यहाँ पनि बिबादित बनेका उनलाई पोखरा महानगरपालिकाको कार्यालयमा तानिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय