प्रभु साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमलाई किन भने औचित्यहिन ?

प्रभु साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमलाई किन भने औचित्यहिन ?

बिहिवार, चैत ७ २०८१
बिहिवार, चैत ७ २०८१
  • प्रभु साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमलाई किन भने औचित्यहिन ?

    काठमाडौँ / आम जनता पार्टीका सांसद प्रभु साहले संसदमा हुने प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सांसदले सोधेको प्रश्नको उत्तर नदिने यो प्रश्नोत्तर कार्यक्रम औचित्यहिन भएको भन्दै प्रश्न उठाएका हुन् ।

    images
    images

    उनले भने, “आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । सांसदले सोधेको प्रश्नको उत्तर नदिने यो प्रश्नोत्तर कार्यक्रम औचित्यहिन छ । यो कार्यसूचिबाट हटाइयोस् भनेर माग गर्दछु । देवताले बास नगरेको मन्दिरको अर्थ हुँदैन, देवीले प्राण त्यागेपछि मूर्तिको पनि के अर्थ ? त्यस्तै, प्रश्नको उत्तर नै नआएपछि प्रश्नोत्तर कार्यक्रमको के अर्थ, मैले यसअघि सोधेको प्रश्नको उत्तर सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएन । प्रभु साहको सवाल होइन, सवाल प्रश्नोत्तर कार्यक्रमको हो । सिंगो सदनको सवाल हो । सम्माननीय सभामुज्यूको पनि सम्मानको सवाल हो । संसदीय नियामावलीको हो । त्यसप्रति उत्तरदायी हुन सक्नुपर्दथ्यो, त्यसकारण आजको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाउन आग्रह गर्दछु । यदि कार्यसूचीबाट हटाइएन भने म यो कार्यक्रम बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु ।”   

    साथै उनले  गौर हत्याकाण्डका दोषीहरूमाथि अहिलेसम्म कारबाही नभएको विषयमा पनि सरकारको ध्यानाकार्षण गराएका छन् । उनले सरकारले पटक पटक पीडित परिवारसँग सम्झौता गर्ने गरेको र तर ती सम्झौता कार्यान्वयन नगरेको भन्दै गुनासो पनि पोखे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय