बुधबारको राशिफल : आजको दिन कसको लागि कति फलदायी ?, हेर्नुस्

बुधबारको राशिफल : आजको दिन कसको लागि कति फलदायी ?, हेर्नुस्

बुधवार, फागुन २८ २०८१
बुधवार, फागुन २८ २०८१
  • बुधबारको राशिफल : आजको दिन कसको लागि कति फलदायी ?, हेर्नुस्

    आज वि.सं. २०८१ फागुन २८ गते, बुधवार, तदनुसार १२ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष त्रयोदशी तिथि, ९ बजेर ५० मिनेटपछि चतुर्दशी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापार व्यवसाय, कृषि तथा पशुपालनबाट मनग्य फाइदा लिन सकिनेछ । आयआर्जनका स्रोत बृद्धि हुनेछ । प्रतिस्पर्धामा विजयी भइने समय छ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।  प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट पनि धनलाभ हुने योग  ।  

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आर्थिक अवस्था सामान्य रहनेछ। नयाँ कार्यको सुरुवातको लागि उचित समयको प्रतिक्षा गर्नुहोस्। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ। अरुलाई दिएको बचनले आफैँलाई अप्ठ्यारो पर्नेछ । अरुको फाइदाको लागि उपयोग भइनेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आँटेको काममा सफलता मिल्नेछ। कृषि तथा व्यापार व्यवसायमा गरिएको लगानीबाट फाइदा मिल्नेछ । नोकरी तथा पेशामा अरुको सहयोग मिल्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। धनआर्जन गर्ने मौका छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    सञ्चित धनमा वृद्धि हुनुको साथै प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नयाँ काम सुरु गर्ने समय छ । 
    सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर पनि प्राप्त हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    विशेष योजना गोप्य राख्नुहोस् । बोलिको प्रभावले चुनौतिपूर्ण काम बन्नेछ । रकमको लेनदेनमा ख्याल राख्नुहोस् । नयाँ कामको प्रस्ताव आउनेछ । पहिलेको सफलता हौसला जगाउनेछ । पुराना कमजोरी सुधार्ने समय छ । साथ दिनेहरु भेटिनेछन् । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। अवसरको फाइदा उठाउन नसक्दा पछि परिनेछ । आर्थिक अभावका बावजदु कर्जामार्फत धन जुटाउन सकिनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कार्यक्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ। सेयर बजारबाट मनग्य लाभ मिल्ला। पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ। आयआर्जनका स्रोत फेला पर्नेछन्। आम्दानी बढ्नाले आवश्यकता र सोख पूरा गर्न सकिनेछ। सरसापटमा गएको रकम हातलागी हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कार्यक्षेत्रमा नयाँ काम हात पर्नेछ । व्यापार, कृषि वा पशुपालनबाट लाभ मिल्नेछ। सहयोगीहरूका कारण चिताएको कार्यसम्पादन हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। अरुलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    कार्यक्षेत्रमा सानो प्रयत्नले पनि दिगो लाभ हुनेछ। उद्योग व्यापारमा फाइदा उठाउन सकिएला। यद्यपि, आज आफूले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाका साथै रोकिएको काम बन्नेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    कार्यक्षेत्रमा बोलीको गलत अर्थ लाग्न सक्छ । व्यापार व्यवसायमा आफन्तहरूको सोचेजस्तो सहयोग नमिल्ला। कामको चाप बढ्नेछ। सामान्य काममा धन र श्रम खर्च हुनेछ। गोपनीयता बाहिरिन सक्छ, ध्यान दिनुहोला । आफ्नो कमजोरीको फाइदा अरुले उठाउन सक्छन्, सचेत हुनुहोला । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    रोकिएको कार्य प्रारम्भ हुनेछ। साझेदारी व्यापारबाट लाभ मिल्ला। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। किनमेलमा केही खर्च हुनेछ। मिहिनेत गर्दा चिताएको काम सम्पादन गर्न सकिनेछ।  आफन्तहरूको साथ सहयोग मिल्नाले काममा हौसला प्राप्त हुनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    धैर्यको कमीले बनेको कार्य बिग्रिन सक्ला। कार्यक्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। सवारी साधनमा खर्चको योग छ । यद्यपि, आज रकम तथा भौतिक साधन जुट्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय