नाडा अटो शो २०२५ को रजिष्ट्रेशन आज फाल्गुन २७ देखि  खोलिदै

नाडा अटो शो २०२५ को रजिष्ट्रेशन आज फाल्गुन २७ देखि  खोलिदै

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • images
    images
    नाडा अटो शो २०२५ को रजिष्ट्रेशन आज फाल्गुन २७ देखि  खोलिदै
    images
    images

    काठमाडौं / नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा यहि २०८२ भदौ ३ देखि ८ गतेसम्म १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गरिने भएको छ ।
     
    काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि यही २०८१ फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला गरिएकोे  जनाएको छ ।

    प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने छ । 

    प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायत वित्तिय संस्था र इन्स्योरेन्सलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ । 

    यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गत बर्षहरुको तुलनामा यस बर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको हो । 

    नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएकोे छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com