सोमबारको राशिफल : आज तपाईँको दिन कति शुभ कति अशुभ ? हेर्नुस्

सोमबारको राशिफल : आज तपाईँको दिन कति शुभ कति अशुभ ? हेर्नुस्

सोमवार, फागुन २६ २०८१
सोमवार, फागुन २६ २०८१
  • सोमबारको राशिफल : आज तपाईँको दिन कति शुभ कति अशुभ ? हेर्नुस्

    आज वि.सं. २०८१ साल फाल्गुन २६ गते, सोमबार तदनुसार इस्वी सन् २०२५ मार्च १० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । एकादशी तिथि,  बिहान ९ बजेर ५८ मिनेट उप्रान्त द्वादशी । चन्द्र राशि–कर्कट । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    कार्यस्थलमा कार्यसम्पादनको लागि संघर्ष गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । साझेदारीको काममा असमझदारी बढ्न सक्छ । नयाँ योजना कार्यन्वयन गर्न केही समय पर्खनुहोस् । विशेष योजना सार्वजनिक नगर्नुहोस् । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    शुभचिन्तकको सहयोगले आँटेको काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरेका कामको उचित मूल्यांकन हुनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। रोकिएको काम बन्नेछ । भाग्यले साथ दिनेछ भने रोकिएको काम सुरु गर्ने समय छ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    यात्रा लाभदायी रहेको छ । नोकरी वा पेशामा विशिष्ट व्यक्तिहरुको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्नेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    मानसम्मान बढ्ने योग छ। कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आय आर्जनको नयाँ स्रोतहरू फेला पर्नेछन्।
    प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहार प्राप्तिको योग छ । पहिलेको सफलताले हौसला प्रदान गर्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    वैदेशिक रोजगारमा लाभ प्राप्त होला। पुरानो समस्या सुल्झिनाले आय आर्जनका विभिन्न अवसरहरु प्राप्त हुनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै आर्थिक संकट झेल्नुपर्ला । नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। यात्राको सम्भावना छ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापार व्यवसायबाट मनग्य लाभ रहनेछ। सेयर बजार व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । मनग्य धन लाभको योग छ । श्रमको उचित मूल्यांकन हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कार्यक्षेत्रमा तारिफयोग्य काम सम्पन्न गर्न सकिनेछ । व्यापार व्यवसायबाट फाइदा लिन सकिनेछ । आँटेको कार्य सम्पादन हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् । दिगो फाइदा हुने काम सुरु हुनेछ ।  दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    लगनशीलताले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कार्यक्षेत्रमा योजना बनाएर काम गर्नुहोस् । व्यापार व्यवसायमा गोपनियतामा ख्याल राख्नुहोस् । अरुका काममा समय बित्न सक्छ । दोहोर्याएर गर्दा आँटेको काम बन्नेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    सेवामूलक कामबाट फाइदा लिन सकिनेछ । समय उत्साहजनक छ । नयाँ काम सुरु गर्न सकिनेछ । गोपनीयतामा सावधानी अपनाउनुहोस् । यद्यपि, आज धन र श्रम खर्च हुने समय छ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    कार्यक्षेत्रमा विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा परिस्थिति हेरेर निर्णय लिनुहोला।
    नियमित काम सम्पादन हुने । आज समय चुनौतिपूर्ण रहेको हुँदा सोचविचार गरी काम गर्नुपर्नेछ । आम्दानी र खर्च दुबै बढ्ने समय छ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    लोभमा पर्दा विशेष योजनाहरु गुमाउनुपर्ला । आज चुनौति पन्छाएर काम गर्ने समय छ । आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धामा विजयी भइनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आर्थिक पक्ष राम्रो रहनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ। समस्या दर्साउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय