मानव सेवा फाउन्डेसनको आयोजनामा सुरु भएको कोटीहोम रोक्न खोज्दा झडप भएको छ । कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन सुरु भएकोपछि दुई पक्षबीच भएको विवादले झडपको रूप लिएको हो ।
अनुमति नलिई कोटीहोम गर्न नदिने महानगरको अडान छ । अनुमति बेगर सुरु भएको कोटीहोमका लागि भूमिपुजन भएपछि रोक्नका लागि महानगरले प्रहरी परिचालन गरेको थियो ।
सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् । पोखरा महानगरले लेकसाइडमा कोटीहोम हुन नसक्ने बताउँदै आएको छ । यता, फाउन्डेसनका संस्थापक विजय भण्डारी भने कोटीहोम गर्ने अडानमा छन् ।
फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको हो ।