नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

शुक्रवार, फागुन २३ २०८१
शुक्रवार, फागुन २३ २०८१
  • नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

    काठमाडौँ / नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा शुक्रबार बिहान कम्पनीको आइपिओ बाँडफाँट गरिएको हो । 

    images
    images

    नेपाल माइक्रो इन्स्योरेन्सले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो।

    उक्त सेयरमा कुल १८ लाख १७ हजार १४८ जनाले २ करोड २४ लाख ४६ हजार ३५० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १० हजार ३८६ आवेदन रद्द भएको छ भने बाँकी १८ लाख ६ हजार ७६२ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ।

    मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको सेयर बाँडफाँट गरिएको छ। 

    जसअनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् भने १६ लाखभन्दा बढी लगानीकर्ताको हात खाली भएको छ । 

    लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि नतिजा हेर्न सकिन्छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय