स्वरोजगार लघुवित्तका सेयरधनीहरूले लाभांश पाउने

स्वरोजगार लघुवित्तका सेयरधनीहरूले लाभांश पाउने

बिहिवार, फागुन २२ २०८१
बिहिवार, फागुन २२ २०८१
  • images
    images
    स्वरोजगार लघुवित्तका सेयरधनीहरूले लाभांश पाउने
    images
    images

    काठमाडौँ / स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूले लाभांश पाउने भएका छन् । लघुवित्तको फागुन २१ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा हो । 

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.६२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

    जसमध्येमा १३.८९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३१२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    त्यसैगरी, संस्थाको हाल कायम पूँजी संरचना बमोजिम संस्थापक समूहको सेयर स्वामित्व ५४.२६ प्रतिशत तथा सर्वसाधारण तर्फको सेयर स्वामित्व ४५.७४ प्रतिशत रहेकोमा सर्वसाधारण तर्फको सेयर स्वामित्व बढाई ४७.२८ प्रतिशत पुर्याउने प्रयोजनका लागि १ लाख ९५ हजार ७३३ कित्ता सेयर सर्वसाधारणमा थप सार्वजनिक निष्काशन एफपिओ जारी गर्ने प्रक्रियामा छ ।

    वार्षिक साधारण सभा सञ्चालन प्रयोजनार्थ बुकक्लो भन्दा अगावै उक्त एफपिओ सेयर सूचीकरण भएमा थप सूचीकृत सेयरधनीहरूलाई समेत प्रस्तावित लाभांश वितरण गर्ने कम्पनीले उल्लेख गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com