कुलमान घिसिङलाई हटाउन सरकार निरन्तर प्रतिशोध साँधिरहेको छ :  सांसद पाण्डे

कुलमान घिसिङलाई हटाउन सरकार निरन्तर प्रतिशोध साँधिरहेको छ :  सांसद पाण्डे

बुधवार, फागुन २१ २०८१
बुधवार, फागुन २१ २०८१
  • images
    images
    कुलमान घिसिङलाई हटाउन सरकार निरन्तर प्रतिशोध साँधिरहेको छ :  सांसद पाण्डे
    images
    images

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले निरन्तर प्रतिशोध साँधि रहेको बताएका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि सरकारले हटाउन अनेक बाहाना गरेको भन्दै आपत्ति जनाएका हुन् ।

    उनले भने, “नेपाल सरकारको तर्फबाट विद्युत प्राधिकरणका कार्यकारी  महा प्रवन्धक कूलमान घिसिङलाई निरन्तर सरकारले प्रष्टीकरण सोध्ने कुरा सँगसँगै त्यति मात्रै होइन हामीले मिडियाहरूमा बारम्बार सुनिरहेका छौँ । उहाँको कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिएको हामीले सुनेका छौँ । सरकार जसले एउटा राम्रोसँग काम गरेको, निरन्तर विषयवस्तुलाई बेवास्था गरिरहेको छ । जसले विद्युत प्राधिकरणलाई नाफामा लगेको छ । आम नागरिकले राम्रो भनेका छन् । जनताले विद्युत प्राधिकरणलाई राम्रो भनेका छन् । तर, सरकारले शून्य अंक दिएको भनेर हामीले सुनेका छौँ । सरकारको आफ्नै मन्त्रालयको मूल्याङ्कन नहेर्ने र ठीक ढंगले प्राधिकरणमा काम गरिरहेका व्यक्तिलाई शून्य अंक दिएको छ । त्यतिमात्र होइन् । लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि निरन्तर प्रतिशोध साँधिएको छ ।”
     
    साथै उनले सरकारले कुलमानलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाए । कुलमानले आफ्नो कार्य सम्पादनमा झण्डै ९९ अंक दाबी गरेका थिए । तर, सरकारले शून्य अंक दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com