थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप, सडकमा क्षति, पसलहरूमा पस्यो भेल

थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप, सडकमा क्षति, पसलहरूमा पस्यो भेल

मंगलवार, फागुन २० २०८१
मंगलवार, फागुन २० २०८१
  • images
    images
    थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप, सडकमा क्षति, पसलहरूमा पस्यो भेल
    images
    images

    काठमाडौँ / थापाथली क्षेत्रमा मेलम्चीको पानीको पाइप फुटेको छ । काठमाडौँ उपत्यका खानेपानी वितरण केन्द्रका अनुसार मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न हुनुका साथै सडक अवरुद्ध भएको हो।

    road pani, melamchi.JPG

    पाइप फुटेको स्थानमा पानी वितरसमेत रोकिएको केन्द्रले जनाएको छ । यद्यपि, पाइप फुट्नुको कारण हालसम्म जानकारीमा आइसकेको छैन । 

    पाइप फुटेपछि सडकपेटीमा पनि क्षति पुग्नुका साथै वरपरका पसलहरूमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रहेको रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरुमा पानीको भेल पसेर जलमग्न भएको छ ।

    09.JPG

    यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मुख्य पाइप फुटेको थियो। विद्युत् प्राधिकरणले तार भूमिगत गर्न प्रयोग गरेको प्वाल खन्ने उपकरणले क्षति पुर्याउँदा पाइप फुटेको थियो।

    thapathali.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com