समृद्धि फाइनान्स जनकपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्स जनकपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    समृद्धि फाइनान्स जनकपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न
    images
    images

    समृद्धि फाइनान्स कम्पनी लिमिटेड जनकपुर शाखाले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। जनकपुर–३, जनक चोकमा आयोजित कार्यक्रममा १०० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो, जसअन्तर्गत २८ युनिट रक्त सङ्कलन गरिएको छ।

    समृद्धि फाइनान्सले यसअघि गत सोमबार आफ्नो इटहरी शाखाबाट रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ। त्यस्तै, आउँदो शुक्रबार, २३ फागुन २०८१, मा काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस नजिकै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ।

    समृद्धि फाइनान्सले समाजप्रति आफ्नो दायित्व पूरा गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ। रक्तदान जीवनदायी कार्य भएकाले संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

    नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com