images
Logo
images

देशमा पश्चिमी र स्थानीय वायूको प्रभाव : बर्षा र हिमपातको सम्भावना कहाँ कहाँ छ ?

देशमा पश्चिमी र स्थानीय वायूको प्रभाव : बर्षा र हिमपातको सम्भावना कहाँ कहाँ छ ?

बिहिवार, फागुन १५ २०८१
बिहिवार, फागुन १५ २०८१
  • देशमा पश्चिमी र स्थानीय वायूको प्रभाव : बर्षा र हिमपातको सम्भावना कहाँ कहाँ छ ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको जनाएको छ। हाल लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ । तराइका थोरै भूभागहरूमा हल्का हुस्सु लागेको छ।

    images
    images

    बिहीबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम बर्षा र लुम्बिनी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। 

    कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय