वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपिओ बाँडफाँट

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपिओ बाँडफाँट

सोमवार, फागुन १२ २०८१
सोमवार, फागुन १२ २०८१
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपिओ बाँडफाँट

    काठमाडौँ / ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको छ । कम्पनीले आइतबार भएको बाँडफाँटमा गोलाप्रथा प्रक्रियामार्फत १८ हजार जना आवेदकलाई १० कित्ताका दरले आइपिओ बाँडफाँट गरेको हो । 

    images
    images

    कम्पनीले प्रक्रिया पुगेका ८ हजार ३१२ जना आवेदकहरूलाई धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथा प्रक्रियामार्फत आइपिओ बाँडफाँट गरिएको प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। 

    कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८० लाख रुपैयाँबराबरको १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

    आइपिओको नतिजा हेर्नका लागि बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेबसाइटबाट हेर्न सकिन्छ । 

    कम्पनीको आइपिओले केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम रहेको जनाउँछ।

    कम्पनीले सेयर जारी गरेपछि चुक्ता पुँजी ६० करोड रुपैयाँ पुग्नेछ। यो उद्योगको लागि आवश्यकमध्ये ६७ प्रतिशत पुँजी ऋणबाट जुटाइएको हो। ३३ प्रतिशत पुँजी सेयरबाट जुटाइने भएको हो। 

    ३३ प्रतिशतमध्ये ३० बराबरको रकम उठाउन कम्पनीले आइपिओ निष्कासन गरेको हो । कम्पनीले ५४ हजार कित्ता सेयर कर्मचारी कर्मचारी र ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने जनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय