images
Logo
images

आज पाँच प्रदेशमा बर्षा र हिमपातको सम्भावना, आइतबारसम्म देशभरको मौसम कस्तो रहला ?

आज पाँच प्रदेशमा बर्षा र हिमपातको सम्भावना, आइतबारसम्म देशभरको मौसम कस्तो रहला ?

शुक्रवार, फागुन ९ २०८१
शुक्रवार, फागुन ९ २०८१
  • आज पाँच प्रदेशमा बर्षा र हिमपातको सम्भावना, आइतबारसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। 

    images
    images

    आज शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी  उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    शनिबार देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    आइतबार देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    बर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय