वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँट

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँट

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँट

    काठमाडौँ / नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको २ लाख २५ हजार कित्ता सेयर २०८१ माघ २९ गते बाँडफाँट गरेको छ । 

    images
    images

    कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि माघ ८ देखि २२ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको आइपिओ बाँडफाँट गरेको हो । 

    नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो जारी पू्ँजी रु. ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रति सेयर अङ्कित मूल्य १०० रुपैयाँ दरका सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । 

    कम्पनीले कूल २२ लाख ५० हजार कित्ता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता साधारण सेयर विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो । 

    निष्कासन अवधिभर प्राप्त हुन आएको रितपूर्वक ४५ हजार ९०६ आवेदनहरूमध्ये जम्मा २२ हजार ५०० जना आवेदकहरूलाई माघ २९ गते निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको परिसरमा बाँडफाँड गरिएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय