पर्यटक र पूर्वाधार पर्खिरहेको सुनछहरा, यस्तो छ किंवदन्ती

पर्यटक र पूर्वाधार पर्खिरहेको सुनछहरा, यस्तो छ किंवदन्ती

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • पर्यटक र पूर्वाधार पर्खिरहेको सुनछहरा, यस्तो छ किंवदन्ती

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । 

    images
    images

    व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरू पुग्न सकेका छैनन् । 

    प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीय स्तरमै सीमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताए।

    “धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको धार्मिक र पर्यटकीय सम्भावना भएपनि ओझेलमा परेको छ,” उनले भने “सुनछहरामा पूर्वाधार विकास र प्रवर्द्धनको आवश्यकता छ ।”

    भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाइमा मण्डली युवा क्लबका पदाधिकारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको टोली गत हप्ता समुन्द्री सतहदेखि ३ हजार ९५० मिटर उचाइमा रहेको सुनछहरा पुगेर फर्किएको थियो । 

    किंवदन्ती अनुसार परापूर्वकालमा ध्यान बस्नका लागि झरनामा पुगेका एक जना बाजा बजाउने व्यक्तिलाई भगवान् प्रसन्न भएर बर माग्न अनुरोध गरेका थिए ।

    ती बाजा बजाउने व्यक्तिले सुनको बर मागेछन् । भगवान्ले छहराको गुफाबाट हातमा हटाउने जति सुन लैजान आशीर्वाद दिए पनि ती व्यक्तिले धेरै निकाल्न खोज्दा बाढी आएर बगाएको र पछि त्यसको नाम सुनछहरा रहन गएको बुढापाकाले बताउँछन् । 

    छहराको भित्र रहेको गुफाको भित्ताहरू पहेँलो रंगको भएकाले पनि त्यसलाई सुनछहरा भन्ने गरिएको रघुगंङ्गा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजा (रिम)ले बताए। 

    विभिन्न देवीदेवता र जनावरको आकृति देखिने छहराको भित्र रहेको गुफामा हिर्काउँदा बाजाको आवाज सुनिन्छ । 

    धौलागिरि आधार शिविर पुग्ने पदमार्ग बनाउन थालिएको र सुनछहरा जाने पदमार्ग तथा बाटोमा पर्ने रघुगङ्गा नदीमा झोलुङ्गे पुल बनाउन पहल गरेको वडा अध्यक्ष पाइजाले बताए । 

    हिउँदयाममा चिसोले छहराको पानी जमेर हिउँमा परिणत भएको हेर्न पाउनु सुनछहराको थप विशेषता हो । 

    छहरा करिब १५ मिटर अग्लो छ भने त्यहाँभित्र करिब पाँच मिटर लामो गुफा छ । सुनछहरामा पुगेर दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास छ । 

    बेनी देखि चिमखोला हुदै सुगुरथला सम्म चार घण्टा सवारी साधनको यात्रा पछि पुगिन्छ । सुगरथलादेखि थप एक दिन यात्रा गरेपछि पुगिने सुनछहरामा यार्सा संकलन गर्ने स्थानीयहरू वैशाख जेठ महिनामा बास बस्ने गर्दछन्। 

    सुगुरथलासम्म मात्र होटल तथा रेस्टुरेन्टको सुविधा छ। सुगरथला भन्दा माथि आफै बन्दो बस्तीको सामान लिएर जानुपर्छ । 

    पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले सुनछहरा पुग्ने व्यवस्थित पदमार्ग र झोलुङ्गे पुल बनाउन सकेमा पर्यटकलाई सहज हुने बताए । झोलुङ्गे पुल नहुँदा राहुघाट वारपार गर्न जङघार तर्नुपर्छ । बर्खा याममा खोलाबाट वारपार गर्न सकिँदैन । 

    पदमार्ग नहुँदा भिरमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । नक्सा बनाउन र सङ्केत चिन्हहरू पनि राख्नुपर्ने अध्ययन टोलीमा गएका सुरेन गुरुङले बताए।

    सुनछहरा हुँदै रिखार, धौलागिरि आधार शिविरको अस्ट्रेलियन क्याम्प, कालीबराह र मुस्ताङ पनि जान सकिन्छ । बाटो चिनेका गोठाला बाहेक अरुसँग यात्रा गर्दा हराउने जोखिम छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय